पूर्व कानुन मन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार १० गते
प्रदेश नम्बर १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।पूर्व प्रदेशमन्त्री कार्कीले झापाको गौरादहस्थित आफ्नो घरअगाडि बाटोको पेटीमा बिहान ५.३० बजे बमजस्तो प्रेसर कुकर फेला परेको जानकारी दिएका छन्।
शंकास्पद वस्तु देखिनसाथ प्रहरीलाई खबर गरिएको बताइएको छ। शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि