Trending

यस्ता छन् एन्फा अध्यक्ष पंकज नेम्बाङका चुनौती

760Views
0 Shares

काठमाडौं । असार ८ गते
चार वर्षअघि सुशासन, सामूहिक निर्णय–नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’ को नाराबाट कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङ सहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा) को नेतृत्वमा आयो । यस समूहले दुई दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो ।

यसपछि एन्फाको नेतृत्वमा आयो कर्माछिरिङ र पंकज विक्रमको समूह । सामूहिक नेतृत्व र आर्थिक पारदर्शितासहित विभिन्न नारा बोकेको यो समूह आन्तरिक द्वन्द्व र स्वार्थगत राजनीतिमा ढुप्दै दुई समूहमा ध्रुवीकरण भयो ।एकै समूहबाट नेतृत्वमा आएको यस टिम चार वर्ष पनि टिक्न सकेन र अन्त्यमा एक अर्कालाई सक्काउन लाग्यो । उपाध्यक्ष भएको एक वर्षपछि मात्रै विभिन्न लडाइँका साथ वरिष्ठ उपाध्यक्ष पाएका पंकजविक्रम नै एन्फा अध्यक्षमा प्रत्यासी रहे ।

अन्त्यमा कर्माको चिरप्रतिद्वन्द्वी बन्दै पंकज एन्फामा नयाँ शक्तिको रुपमा उदाय । गत सोमबार ९६ असार० मा भएको एन्फाको साधारणसभामा नेतृतव चयनका लागि भएको चुनावमा ६ मतले कर्मालाई पछि पार्दै एन्फाको नयाँ अध्यक्षको रुपमा पंकज निर्वाचित भए ।कर्मा सत्तामा रहँदा नेतृत्वलाई असहयोग गर्दै आएका, नोट अफ डिसेन्ट बुझाउँदै आएका पंकजलाई अबको चार वर्षे कार्यकालमा एन्फा हाक्न पक्कै सहज हुने छैन । कर्माकै भाषामा असहयोग गर्दै आएका पंकजलाई गर्नुपर्ने काम र चुनौतीका ठूला चाङ छन् ।

खेलाडी–प्रशिक्षक विवाद, नेपाल सुपर लिग -एनएसएल- र असन्तुष्ट ए डिभिजन लिग क्लब विवाद, रोकिएको राष्ट्रिय लिग, नियमित र व्यवस्थित सहिद स्मारक लिग, रौतहटमा रोकिएको महिला एकेडेमी, कास्कीको भेडाबारीमा टेण्डर आह्वान गरिसकेको बहुउद्देश्यीय खेलग्राम, फिफाले एन्फालाई गरेको आर्थिक नाकाबन्दी लगायत निकै चुनौती छन् ।यी त भए देखिने चुनौती, अझ भित्रिरुपमा हेर्ने हो भने यहाँ क्लब, जिल्लाको बिग्रिएको सम्बन्ध सुधार गर्नुछ । कहिले विदेश भ्रमण त कहिले भत्ताका विषय, यसले समेत समूहबीच नै टकराव ल्याउन सक्छ । अझ एन्फामा हुने विभिन्न योजना आफ्नो र आफू अनुकूलको टेण्डर पार्न सबैभन्दा धेरै हानथाप र लडाइँ हुने गर्दछ ।

एन्फाको अध्यक्ष निर्वाचित भएसँगै पंकजविक्रम नेम्वाङले कर्मा टिम पराजय नभएको र उपविजयी भएको प्रतिक्रिया दिएका थिए । यस्तै उनले फिफाको आर्थिक प्रतिबन्ध फुकुवा गर्नु, एन्फा र जिल्लाबीच बिग्रिएको सम्बन्ध बनाउनु आफ्नो चुनौती रहेको बताएका छन् ।‘एन्फा र जिल्लाबीचको सम्बन्ध राम्रो छैन । सबै बिग्रिएको सम्बन्धलाई एउटै मालामा एकजुट भएर सम्बन्ध बनाउने छौं । हामी अहिले फिफाको प्रारम्भिक आर्थिक प्रतिबन्धमा छौं, त्यसलाई फिफासँग कुरा गरेर समाधान गर्नेमा लाग्छौं,’ ५१ वर्षीय नेम्बाङले भनेका छन् । यस्तै उनले एनएसएलमा केही क्लबको रिजर्भेसन रहेको र केही बुँदामा ध्यानाकर्षण भएकाले त्यसलाई छलफल गर्ने समाधान निकाल्ने बताएका छन् ।

सोमबार भएको निर्वाचनमा पंकज समूहले ‘क्लिन स्विप’ भने गर्न असफल भयो । यद्यपि कार्यसमितिमा बहुमत भने बनाएको छ । अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चारमध्य तीन उपाध्यक्ष आफ्नै समूहबाट पाएको छ । यस्तै ६ सदस्यमा समेत पंकज समूहका नै छन् । अब, आफ्नो समूह र पराजित कर्मा समूहलाई मिलाएर अगाडि बढ्नु पंकजका लागि ठूलो चुनौतीको विषय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय