पर्सा जिल्लामा प्रेस मंच नेपालको संगठन विस्तारगरिदै
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार ८ गते
पर्सा जिल्लामा प्रेस मंच नेपालको संगठन विस्तार गर्न समन्वय समिति गठन गरिएको छ । विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई गोलबद्ध गराउँदै उनीहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्यका साथ समिति विस्तार गर्न लागिएको हो । मंचका केन्द्रीय उपाध्यक्ष विरेन्द्र साहको संयोजकत्वमा गठन भएको समन्वय समितिमा ५ जना सदस्य रहेका छन् । जसमा सनी महतो, आविद हुसेन, दिपेन्द्र चौधरी, बलिराम यादव रहेका छन् ।

समितिले प्रेस मंचमा आवद्ध हुन चाहने सबैलाई समेटेर भेला आयोजना गरी जिल्ला कार्यसमिति पुनः गठन गरिने निर्णय गरेको छ । सदस्यता थप गर्ने अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ ।बुधबारको बैठकले मंचको कार्यालय संचालन गर्ने निर्णयका साथै जिल्लामा जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रममार्फत सम्मान गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा किरण सत्याल, प्रेमचन्द्र सर्राफ, बलिराम यादव, त्रिलोकीनाथ यादव, अब्दुल कैस, संजय प्रसाद कुशवाहा, राकेश चौरसिया,बंशीधर गुप्ता, जाकिर हुसेन, पिंकी सर्राफ लगायतको सहभागिता रहेको थियो ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि