Trending

राष्ट्रपति निर्वाचनका लागि भाजपा नेतृत्वको एनडीएकी उम्मेदवार द्रौपदी को हुन् ?

790Views
0 Shares

काठमाडौं । असार ८ गते
भारतीय जनता पार्टी (भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ । भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिश गरेको बताए । आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति बन्नेछिन् ।

‘पहिलो पटक महिला आदिवासी उम्मेदवारलाई प्राथमिकता दिइएको छ । हामी आगामी राष्ट्रपति चुनावका लागि द्रौपदी मुर्मुलाई एनडीएको उम्मेदवारको रूपमा घोषणा गर्छौं’, बीजेपी प्रमुख नड्डाले भने ।

मुर्मुले आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गरेको उनले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुसँग राम्रो प्रशासनिक अनुभव भएको र उनी राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू ढुक्क भएको बताएका छन् ।

‘ उनीसँग राम्रो प्रशासनिक अनुभव छ । उनी हाम्रो देशको महान राष्ट्रपति हुनेछिन् भन्नेमा म ढुक्क छु’, प्रधानमन्त्री मोदीले भनेका छन् । पछिल्लो २० वर्षदेखि भाजपामा आबद्ध उनी भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्षसमेत थिइन ।१८ जुलाईमा राष्ट्रपतिको निर्वाचन तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय