Trending

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारी, १५ जनाको मृत्यु

775Views
0 Shares

काठमाडौं । असार ८ गते
युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् ।उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रसियासँग सीमा जोडिएको छ । आक्रमणको सुरुमा भागेका बासिन्दामध्ये केही फर्कन थालेका छन् । ‘रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको १६ जना घाइते भएका छन्’ सिनेगुबोभले भने । चार ओटा अलग अलग स्थानमा भएका घटनामा उनीहरुको मृत्यु भएको हो ।

रुसी सेनाले खार्किभ सहरबाट ३० किलोमिटर दक्षिणपूर्वमा रहेको चुगुइभ सहरमा गोली चलाउँदा ६ जनाको मृत्य भएको थियो । हमलामा चार जना घाइते भएका थिए । त्यस्तै, खार्किभ सहरमा भएको अर्को हमलामा ५ जनाको मृत्यु र ११ जना घाइते भएका थिए भने जोलोचिभमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय