Trending

बालसुधार गृहमा स्थानान्तरण गर्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण

785Views
0 Shares

काठमाडौं । असार ८ गते
रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई स्थानान्तरण गर्न खोज्दा प्रहरी माथि आक्रमण भएको छ । अत्याधिक चापका कारण १७ जना बालकलाई विभिन्न स्थानमा स्थाना्तरण गर्न खोज्दा भित्र रहेका किशोरहरुले प्रहरी माथी नै आक्रमण गर्दा रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भएका छन् ।

डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागे पछि उपचाररत छन् । कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । आज स्थानान्तरण गर्न खोज्दा उनीहरुले अनेक गतिविधी गरी प्रहरी माथिननै आक्रमण भएको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।

बढी चाप भएको कारणले घर पायक र यहाँ अवाञ्छनिय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौ, ठूलाहरुले साना किशोर माथि दमन गर्दै पनि आएका थिए बाल सुधार गृह प्रमुख गौतमले भनिन् ।

जान्न भन्दै किशोरहरु आक्रोशित भई भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानहरुले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए । उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएपछि दमकलले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय