Trending

चुनावी एकताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँने माधव नेपालको भनाई

870Views
0 Shares

काठमाडौं । असार ६ गते
मिलेर चुनाव लड्ने पाँच दल बहुदलीय सिद्धान्तविपरीत उभिए भन्ने टिप्पणीको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिवाद गरेका छन् । नेपालले आइतबार राजधानीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा हिजो पञ्चायती व्यवस्थाको अन्त्यका लागि कांग्रेस–कम्युनिस्ट सबै एक भएको र के त्यो बहुदलीय व्यवस्थाको विरोध थियो भन्दै प्रश्न गरेका थिए ।

उनले निकै लामो आन्दोलन गरेर ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र नेपालको संविधान, २०७२ लाई बचाउन आफुहरु गठबन्धनमा गएको उल्लेख गरे । नेपालले मुद्दा हेरेर गरिएको चुनावी एकताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर होइन, मजबुत बनाउँने जिकिर गरेका छन् । निर्वाचनका लागि भएको गठबन्धनमा आफ्नो दल एकीकृत समाजवादीलाई भने धेरै लाभ हुन नसकेको उनको भनाई थियो ।उनले हैसियतका आधारमा उम्मेदवारका लागि टिकटको बाँडफाँट भएको तर आफ्नो दल नयाँ भएका कारण अन्य दलले एकीकृत समाजवादीलाई हैसियतभन्दा न्यून परिमाणमा टिकट दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय