आठविसकोटमा जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार ५ गते
रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका(८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको ज्यान गएको हो ।प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि