विराटनगर महानगरपालिकामा मेयरमा कांग्रेसको जित
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । जेठ ७ गते
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा जितेको छ । विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये नेकपा एमालेले ९ वटा वडाध्यक्ष, नेपाली कांग्रेसले ६ वटा वडाध्यक्ष, जनता समाजवादी पार्टी २ वटा वडाध्यक्ष, एउटामा राप्रपाले र एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेका छन् । नागेश कोइरालाले ३० हजार १ सय ७० मत पाएका छन् । त्यस्तै उपमेयरमा भने एमालेकी शिल्पा निरौला कार्कीले उनका प्रयासी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी अमरेन्द्र यादवलाई ११ हजार ४ सय ६१ मतान्तरले पराजित गरेका छन् । शिल्पा निराला कार्कीले २५ हजार ६ सय ८० मत पाएकी छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि