• Home
  • जिवनशैली
  • डा. बजरंग भन्छन्, ‘झण्डै ८—१० प्रतिशत नेपालीमा यो स्वास्थ्य समस्या छ । त्यही कारण इन्डोक्राइनलाई फोकस गरेर स्टेम सञ्चालनमा ल्याएको हुँ||
Image

डा. बजरंग भन्छन्, ‘झण्डै ८—१० प्रतिशत नेपालीमा यो स्वास्थ्य समस्या छ । त्यही कारण इन्डोक्राइनलाई फोकस गरेर स्टेम सञ्चालनमा ल्याएको हुँ||

४० वर्षीय युवा चिकित्सक डा. बजरंगलाई आफूले काम गरिरहेका अस्पतालहरुबाट बिरामीलाई दिइरहेको सेवामा खासै टस बसिरहेको थिएन् । उनी एउटै सेन्टरबाट हर्मोनल रोगहरुका लागि सबै प्रकारका सुविधाहरु उपलब्ध गराउन चाहन्थे । देश–विदेश देखेका युवा चिकित्सकले आधुनिक समाजले खोजिरहेको सुविधा, हाइजिन, समयजस्ता कुराहरुमा नबुझ्ने कुरै थिएन् । अस्पताल तथा क्लिनिकहरुमा लामो समय कुर्नुपर्ने, बिरामीले पर्याप्त समय नपाउने, हाइजिन मेन्टेन नहुने, बिरामीले धेरै ठाउँमा धाउनुपर्नेजस्ता बाध्यता उनले राम्रोसँग बुझेका थिए । भन्छन्, ‘अन्य ठाउँमा काम गर्दा त्यहाँ उहाँहरुको आफ्नै कन्सेप्ट हुन्छ । मैले भनेजस्तो सुविधा बिरामीलाई दिन सक्दिन । आँखा, किड्नी, मुटु, डेन्टल, नेफ्रोको विशेषज्ञ र डाइटिसियन मैले छुट्टै पाउँदिन्,’ उनले भने, ‘हर्मोनल बिरामीहरुका लागि यी कुराहरु पनि आवश्यक पर्छन् ।’ त्यहीकारण उनले हर्मोनल रोगका बिरामीलाई आवश्यक सम्पूर्ण विशेषज्ञ उपचार

एकै छानामुनिबाट दिन सकिने मल्टीस्पेसियालिटी क्लिनिकको अभाव देखे । त्यही अभावलाई पूर्ति गर्नका लागि डा. बजरंगले सुगर, थाइराइड, इन्डोक्राइनोलोजीका सबै उपचार हुने सुविधासम्पन्न स्पेसियालिटी क्लिनिकको खोल्ने योजना बनाए । त्यसका लागि आवश्यक आन्तरिक तयारीहरु सके । अस्पतालमा बिरामीले भोगेका अप्ठ्याराहरुलाई हल हुने गरी सेन्टर चलाउने योजना मुताविक उनले बत्तीसपुतलीस्थित द रिजेन्सी बिल्डिङको दोस्रो तला भाडामा लिए । त्यसमा १५ मंसिरदेखि सुगर, थाइराइड, इन्डोक्राइनोलोजी एण्ड मल्टी स्पेससियालिटी (स्टेम) सेन्टर प्रा.लि. सञ्चालनमा ल्याएका छन् । झण्डै ५ हजार स्क्वायर फिटमा रहेको स्टेममा हर्मोनल बिरामीका लागि आवश्यक सबै सुविधा एकै छानामुनिबाट उपलब्ध हुन्छन् । स्टेम सेन्टरमा हर्मोनल रोगका लागि ओपीडीमा आधारित सबै सेवाहरु उपलब्ध रहेको सेन्टरका संस्थापक एवं अध्यक्षसमेत रहेका डा. बजरंगले बताए । ४ करोड बढी लगानीमा खुलेको स्टेममा २० जना विशेषज्ञ चिकित्सक बिरामी हेर्छन् । डाइटिसियन, नर्स, प्रयोगशाला कर्मचारीलगायतका थप २० बढी कर्मचारी छन् । सबैगरी ४० बढीलाई रोजगारी दिएका युवा चिकित्सक डा. बजरंगको सेन्टरमा युवा सोच झल्किन्छ । आकर्षक इन्टेरियर डिजाइनसहित अत्याधुनिक शैलीमा सेन्टर सेटअप गरिएको छ । इन्डोक्राइन धेरैजसो बिरामीहरु ओपीडीमा चेकजाँच गराउँछन् । हर्मोनल रोगको उपचार केन्द्र भएकाले स्टेममा ओपीडी म्यानेजमेन्टमा आधारित रहेको उनले सुनाए । ‘सुगर, थाइराइड, इन्डोक्राइनको सम्पूर्ण रुपले उपचार गर्न सक्ने गरी सेन्टरको परिकल्पना गरेका छौं,’ उनले थपे, ‘डाइबटिज र थाइराइडका बिरामीलाई एउटै छानामुनि आवश्यक पर्ने सबै सेवा पाउनेछन् ।’ उनकाअनुसार हर्मोनल रोगका कारण आँखा, मुटु, किड्नी, नसालगायतका कम्लिकेसनहरु देखिन्छन् । त्यसका लागि स्टेमले कार्डियोलोजी, अप्थामोलोजी, डेन्टल, ग्यास्ट्रो र नेफ्रोलोजीको विशेषज्ञ सेवा पनि दिइरहेको छ । डाइबटिजका बारेमा बिरामीलाई एजुकेशनसमेत आवश्यकता पर्ने बताउँदैं डा. बजरंग धेरै अस्पतालहरुमा छुट्टै डाइटिसियनका साथै चिकित्सकले बिरामीलाई दिने समय पनि न्यून हुने बताए । ‘हामीले डाइबटिजका बारेमा एजुकेसन दिन पनि आवश्यक छ,’ उनले थपे, ‘हस्पिटलमा बस्दा मैले कयौं पटक भने तर लागु गर्न सकिएन ।’ डाइबटिजका बिरामीको इन्सुलीन, खानपिन, रक्तचापजस्ता कुराहरुमा विशेष काउन्सिल आवश्यक पर्ने उनले बताए । एक चिकित्सकले झण्डै आधा घण्टा एउटा बिरामीलाई मात्रै दिन नसक्ने बताउँदैं उनले त्यसका लागि डाइटिसियन र अन्य चिकित्सकहरुको भूमिकाले पूर्ति गर्ने गरी स्टेम मल्टीस्पेसियालिटी सेन्टर प्रा.लि. सञ्चालनमा ल्याइएको बताए ।

सेन्टरको मुख्य प्राथमिकता सुगर, थाइराइड र इन्डोक्राइनोलोजी हो । त्यसबाहेक डाइबटिजका बिरामीहरुमा मुटु, आँखा, दाँत, ग्यास्ट्रो र नेफ्रोलोजीलगायतका समस्या पनि देखिने भएकाले ती सेवाहरु पनि सेन्टरले उपलब्ध गराइरहेको छ । प्रयोशाला परीक्षण र अन्य चेकजाँचका लागि बाहिर जानु नपरोस् भन्ने हेतुले ल्याब, भिडियो एक्स—रे, एक्स—रे, इको, इसिजी, इन्डोस्कोपी, डेन्टल र आँखा चेकजाँच गर्ने सुविधा पनि छ । ‘सर्जरीबाहेक डाइग्नोसिसका लागि आवश्यक सबै सुविधाहरु उपलब्ध छन्,’ उनले भने । सेन्टरको आफ्नै फार्मेसी छ भने अनलाइनबाटै बिरामीले रिपोर्ट, प्रयोगशाला रिपोर्टलगायतका सबै कुरा हेर्ने सुविधा पनि छ । यसले चिकित्सक र बिरामी दुवैलाई सुविधा पुग्नेछ । नेपालमा इन्डोक्राइनमा विशेषज्ञता हासिल गरेका थोरै चिकित्सकमध्ये अधिकांश काठमाडौंमै छन् । ‘नेपालमा इन्डोक्राइन चिकित्सकहरु कम नै छन् । डाइबटिज, थाइराइड कमन समस्या हो,’ डा. बजरंग भन्छन्, ‘झण्डै ८—१० प्रतिशत नेपालीमा यो स्वास्थ्य समस्या छ । त्यही कारण इन्डोक्राइनलाई फोकस गरेर स्टेम सञ्चालनमा ल्याएको हुँ । इन्डोक्राइन र यससँग जोडिएका सम्पूर्ण सेवाहरु दिन सकियोस् भन्ने हाम्रो चाहना छ ।’ डा. बजरंग भविष्यमा स्टेम सेन्टरलाई उपत्यका भित्र र बाहविस्तार गर्ने सोचमा छन् । ‘विस्तारै हामीले यो सेन्टरलाई भक्तपुर, ललितपुर हुँदै उपत्यका बाहिर पनि विस्तार गर्ने लक्ष्य लिएका छौं,’

उनले सुनाए, ‘विराटनगर, जनकपुर, वीरगंज, बुटवल, नेपालगन्ज, धनगढीलगायतका सहरहरुमा पनि शाखा खोल्दै जानेछौं ।’ उनकाअनुसार यसले विशेषज्ञ सेवा मोफसलमा पनि पुग्नेछ । जगिरबाटै आकर्षक आम्दानी गरिरहेका उनले आफ्नै केही गर्ने सोचका साथ यो रिस्क उठाएका हुन् । सर्लाहीको ईश्वरपुरमा जन्मिएका डा. बजरंगको स्कुलिङ जनकपुरमा भएको हो । उनले काठमाडौं युनिभर्सिटी (केयु)बाट आईएस्सी गरेका हुन् । त्यसपछि एमबीबीएस केयुकै सम्बन्धन प्राप्त काठमाडौं मेडिकल कलेजबाट गरे । त्यसपछि उनी विशेषज्ञता हासिल गर्नका लागि बंगलादेश गए । बंगलादेशको बगबन्धु शेख मुजिव मेडिकल कलेजबाट दुई वर्ष इन्टरल मेडिसिनमा एमडी गरे । त्यसपछि तीन वर्ष इन्डोक्राइनोलोजी एमडी गरेका छन् । स्टेमकी अप्रेशन म्यानेजर अनुजा श्रेष्ठकाअनुसार अहिले सेन्टरले एकल महिला र ६५ वर्षमाथिका वृद्धवृद्धाका लागि ल्याब, आई एक्सेसरिज, युएसजी, इको, एक्सरे, फार्मेसी र डेन्टलमा १० प्रतिशत छुट दिइरहेको छ । यसैगरी, ट्रान्सजेन्डरले पनि यो छुटको सुविधा प्राप्त गर्ने उनले सुनाइन् ।

Related Posts

भरतपुर–१, चितवनमा Rewarded Educational Consultancy र Luxury Travel & Tours बीच सहकार्य, नयाँ शाखा सञ्चालन हुँदै

चितवन । शिक्षा परामर्श तथा यात्रा सेवामा सक्रिय Rewarded Educational Consultancy र Luxury Travel & Tours बीच सहकार्यमा…

ByByanjana soni ३ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ३ महिना अगाडि

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना⁶ गरिने भएको…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *