वीरगञ्जलाई इमान्दार नेतृत्वको खाँचो छ त्यसको आवश्यकता एमालेले पुरा गर्छ : सरावगी
By YOUTV
४ वर्ष अगाडि
Comments: 0

वीरगञ्ज, ४ वैशाख : जतिबेला वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखको रुपमा बिजय कुमार सरावगी आएका थिए, त्यसबेला वीरगञ्जमा अनेक खालको चुनौतिका चाँग थिए, त्यसलाई बिस्तारै समयानुकुल परिवर्तित अवस्थाको पुनरावलोकन गरि वीरगञ्जलाई बुझ्न समेत निकै कठिन भएपनि अब सरावगी निखारिँदै खारिँदै गएका छन् र वीरगञ्जका विकासको मार्ग पहिल्याउनको लागि कुनै कसुर बाँकी नराख्ने गरी अघि बढेको अनुमान समेत लगाउन थालिएको छ । अनेक समस्याको बीचमा पनि अहिले पुर्न निर्वाचनको मिति घोषणा भएको छ र एमालेले बिजय कुमार सरावगीलाई उम्मेदवार बनाएपछि यसको बारेमा चौतर्फी बहस हुन थालेको छ । गत निर्वाचनमा फोरमबाछ चुनाव जितेका सरावगी अहिले एमालेमा प्रवेश गरि पुर्न उम्मेदवार बनेपछि उनलाई खुइल्याउन कुनै कसर बाँकी नराख्ने गरी यौटा ठूलै शक्ति लागि परेको छ लाग्छ अब मानिस जन्मेर प्रगतिशिल बिचार राखी कम्यूनिष्ट बन्नु नै अपराध हो ? जे होस सरावगी बिकास र परिवर्तनको संबाहक जस्तै बनेका अनुमान लगाउन सकिन्छ । धेरै कुरा भन्दा पनि पुरै विश्व कोरोना भाइरसको माहामारीमा परेको बेला आफु र घर परिवारलाई समेत कुनै परवाह नगरी वीरगञ्ज बासिलाई जोगाउन कुनै कसर बाँकी नराखेको कुरा कसैसामु पनि छिपेको छैन । अझ आफूलाई निर्वाचित गराउने राजनीतिक दलले दिने गरेको अनावश्यक दवावको परवाह नगरि त्यसालई अस्वीकार गर्ने शक्ति र सामथ्र्य सरावगीमा बिकास हुनु इमान्दार नेतृत्व र सबैको लागि समान बिचार राख्ने क्षमता निकै कममा मात्र हुन्छ । उनी निर्बाति बने लगत्तै घाटामा रहेको वीरगञ्ज महानगरलाई आन्तरिक श्रोतको परिचालनमा देखाएको इमान्दारिताले बिस्तारै वीरगञ्ज बिकास र परिवर्तनको संघारमा पुग्न थालेको छ । वीरगञ्जलाई बिकास र परिवर्तनको शहरको रुपमा स्थापित गराउनको लागि बिस्तारै योजना निर्माण र कार्यान्वयन गरि अघि बढेको तथ्यलाई समेत आत्मसाथ गरि अब भने लामो समय अघिदेखी बर्षातको समयमा पुरै वीरगञ्ज डुबानमा पर्ने अवस्थाबाट चिन्तित बनेको वीरगञ्ज नगर नेतृत्वल एशियाली बिकास बैककोे अर्बौको लगानी ल्यायर ढल निर्माण गरि जमेको पानी बहाव रोक्नलाई गरेको प्रयास, सरकारी बिद्यालयलाई निजी विद्यालय जस्तै अंग्रेजी माध्यम र गुणस्तरि बनाउन चालिएका कदम, भेडाहा खोजमा तटबन्ध निर्माणका लागि अघि बढेको योजना, नपाका्े आन्तरिक स्रोत परिचालनमा मारिएको फडको, शिक्षा स्वास्थ्य र खानेपानी तथा सरसफाइमा गरिएको इमान्दार प्रयासले पनि वीरगञ्जको नेतृत्व फेरि पनि सरावगीले गर्नुपर्ने आवश्यकतालाई उजागर गरिदिएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि