Trending

छात्रालाई दुर्व्यवहार गरेको भन्दै जनक माविका विद्यार्थी आन्दोलित

855Views
0 Shares

काठमाडौँ , ४ बैशाख

अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहररुकाे आरोप छ। दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका छन् । विद्यालय र राजमार्ग क्षेत्र आइतबार केहीबेर तनावग्रस्त बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । विद्यार्थीले गरेको ढुंगामुढाबाट १० जनाभन्दा बढी प्रहरी घाइते भएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिए । ‘इन्सपेक्टर प्रशान्त श्रेष्ठसहित १० भन्दा बढी प्रहरी घाइते भएका छन् । उता कति जना घाइते भए जानकारी आएको छैन,’ उनले भने ।

आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । अहिले विद्यालय आसपासको क्षेत्र सामान्य भइसकेको र घटनाको विषयमा थप अनुसन्धान गरिने उनले बताए । विद्यार्थीका अनुसार दुर्व्यवहारको घटना २८ चैतमा भएको थियो । घटना मिलाउन दुई पक्षबीच छलफल हुँदै आएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय