माओवादी केन्द्र हुम्ला, वडाध्यक्षमा उम्मेदवारी घोषणा
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । चैत २० गते
आगामी ३० वैशाख तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा ९माओवादी केन्द्र० हुम्लाले उम्मेदवार घोषणा सुरु गरेको छ । माओवादी केन्द्रले सिमकोट गाउँपालिका–३ मा पामा लामालाई वडाध्यक्षको उम्मदेवार बनाएको छ ।
सर्वसहमतिका आधारमा उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्र सिमकोट गाउँपालिका अध्यक्ष ताक्ला जिम्मेत लामाले जानकारी दिए । उनका अनुसार चुनाव लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट भइरहेको छ । हुम्लामा सात वटा गाउँपालिका छन् । ती पालिकामामा ४४ वडा छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि