Trending

नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध कायम

790Views
0 Shares

 

काठमाडौं । चैत १९ गते
नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रको संख्या १७६ पुगेको छ ।कूटनीतिक स्थापना गर्ने सम्बन्धी पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र बेलिजको तर्फबाट राष्ट्रसंघका लागि बेलिजका स्थायी प्रतिनिधि तथा राजदूत कार्लोस सी।फुलरले हस्ताक्षर गरेका थिए ।

अमेरिकाको न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक स्थापन सम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो । दुवै देशका राजदूतले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बारेमा जानकारी समेत गराएको नेपाली स्थायी नियोगले जनाएको छ । बेलिज एक क्यारिबियन देश हो । बेलिज सन् १९८१ सेप्टेम्बर २१ मा बेलायतबाट स्वतन्त्र भएको थियो । सन् १९७३ भन्दा अघि बेलिजलाई ब्रिटिश होन्डुरस भनेर चिनिन्थ्यो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय