काठमाडौं । फागुन २२ गते
आज पनि सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ।बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनु भएको छ । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उहाँले बताउनु भएको छ । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ। गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ ।















