• Home
  • ताजा समाचार
  • पर्सा–३ का कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीमाथि टिकट व्यापार र आश्वासन बाँडेको आरोप
Image

पर्सा–३ का कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीमाथि टिकट व्यापार र आश्वासन बाँडेको आरोप

वीरगंज –  सुरेन्द्रकुमार चौधरी माथि टिकट वितरणका नाममा रकम असुली र झुटा आश्वासन बाँडेको आरोप सार्वजनिक भएको छ। नेपाली कांग्रेस बाट पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका चौधरीले स्थानीय तहको टिकट वितरणमा आर्थिक लेनदेन गरेको चर्चा बाहिर आएको हो।

स्थानीय स्रोतका अनुसार चौधरीले एकै वडामा धेरै जनालाई वडाध्यक्षको टिकट दिने आश्वासन दिएको र नगरपालिकामा मेयर उम्मेदवार बनाइदिने भन्दै रकम संकलन गरेको आरोप छ। एउटै पदका लागि धेरै व्यक्तिसँग समान वाचा गरिएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको बताइएको छ।

यसैगरी, जातीय मत प्रभावित गर्न थारू समुदाय लक्षित बैठकमार्फत सामूहिक भोट मागिएको चर्चा पनि चलेको छ। मतदाताहरूले विकास र नीतिगत एजेन्डाभन्दा जातीय सौदाबाजी गरिएको भन्दै असन्तोष व्यक्त गरेका छन्।

कांग्रेसभित्रै पनि टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने आवाज उठेको छ। केही स्थानीय नेताहरूले पार्टीको सिद्धान्तविपरीत गतिविधि भएको पुष्टि भए कारबाही हुनुपर्ने माग गरेका छन्।

चुनावी माहोल तातेका बेला यस्ता आरोप–प्रत्यारोपले पर्सा–३ मा राजनीतिक तनाव बढाएको छ। निर्वाचन आयोग र सम्बन्धित निकायले विषयमा स्पष्टता दिनुपर्ने माग स्थानीय स्तरमा उठ्न थालेको छ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *