• Home
  • ताजा समाचार
  • पर्सा–३ का कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीमाथि टिकट व्यापार र आश्वासन बाँडेको आरोप
Image

पर्सा–३ का कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीमाथि टिकट व्यापार र आश्वासन बाँडेको आरोप

वीरगंज –  सुरेन्द्रकुमार चौधरी माथि टिकट वितरणका नाममा रकम असुली र झुटा आश्वासन बाँडेको आरोप सार्वजनिक भएको छ। नेपाली कांग्रेस बाट पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका चौधरीले स्थानीय तहको टिकट वितरणमा आर्थिक लेनदेन गरेको चर्चा बाहिर आएको हो।

स्थानीय स्रोतका अनुसार चौधरीले एकै वडामा धेरै जनालाई वडाध्यक्षको टिकट दिने आश्वासन दिएको र नगरपालिकामा मेयर उम्मेदवार बनाइदिने भन्दै रकम संकलन गरेको आरोप छ। एउटै पदका लागि धेरै व्यक्तिसँग समान वाचा गरिएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको बताइएको छ।

यसैगरी, जातीय मत प्रभावित गर्न थारू समुदाय लक्षित बैठकमार्फत सामूहिक भोट मागिएको चर्चा पनि चलेको छ। मतदाताहरूले विकास र नीतिगत एजेन्डाभन्दा जातीय सौदाबाजी गरिएको भन्दै असन्तोष व्यक्त गरेका छन्।

कांग्रेसभित्रै पनि टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने आवाज उठेको छ। केही स्थानीय नेताहरूले पार्टीको सिद्धान्तविपरीत गतिविधि भएको पुष्टि भए कारबाही हुनुपर्ने माग गरेका छन्।

चुनावी माहोल तातेका बेला यस्ता आरोप–प्रत्यारोपले पर्सा–३ मा राजनीतिक तनाव बढाएको छ। निर्वाचन आयोग र सम्बन्धित निकायले विषयमा स्पष्टता दिनुपर्ने माग स्थानीय स्तरमा उठ्न थालेको छ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ५ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ६ दिन अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni १ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *