बारा–१ बाट रास्वपाको प्रत्यक्ष उम्मेदवार बन्न उत्तम खनालको निवेदन
By Birgunj
४ महिना अगाडि
Comments: 0
बारा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवार छनौटका लागि सञ्चालन भइरहेको आन्तरिक प्रक्रियामा उत्तम खनालले औपचारिक रूपमा निवेदन पेस गर्नुभएको छ।
कोल्हबी नगरपालिका–१, खैरा निवासी खनाल पेशाले व्यवसायी हुनुहुन्छ। उहाँ स्थानीय भूगोल, समाज र जनजीवनसँग नजिकबाट परिचित स्थायी बासिन्दा हुनुहुन्छ। विगत एक दशकदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आउनुभएका खनाल विवेकशील अभियानमार्फत राजनीतिमा क्रियाशील रहनुभएको थियो।
हालै मंसिर महिनामा विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको एकतालाई वैकल्पिक राजनीतिको सशक्तीकरणको रूपमा लिँदै खनालले सोही धारलाई बारा–१ मा मजबुत बनाउने उद्देश्यसहित आन्तरिक छनौट प्रक्रियामा सहभागिता जनाउनुभएको बताइएको छ।
खनालले बारा–१ का पार्टी सदस्य, साथीहरू तथा शुभेच्छुकहरूबाट साथ, सहयोग र समर्थनको अपेक्षा व्यक्त गर्नुभएको छ। साथै, पार्टीको विधि, प्रक्रिया र सामूहिक निर्णयप्रति पूर्ण प्रतिबद्धता जनाउँदै आफू जिम्मेवार ढंगले अघि बढ्ने बताउनुभएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि