• Home
  • राजनीति
  • बारा–१ बाट रास्वपाको प्रत्यक्ष उम्मेदवार बन्न उत्तम खनालको निवेदन
Image

बारा–१ बाट रास्वपाको प्रत्यक्ष उम्मेदवार बन्न उत्तम खनालको निवेदन

बारा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवार छनौटका लागि सञ्चालन भइरहेको आन्तरिक प्रक्रियामा उत्तम खनालले औपचारिक रूपमा निवेदन पेस गर्नुभएको छ।

कोल्हबी नगरपालिका–१, खैरा निवासी खनाल पेशाले व्यवसायी हुनुहुन्छ। उहाँ स्थानीय भूगोल, समाज र जनजीवनसँग नजिकबाट परिचित स्थायी बासिन्दा हुनुहुन्छ। विगत एक दशकदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आउनुभएका खनाल विवेकशील अभियानमार्फत राजनीतिमा क्रियाशील रहनुभएको थियो।

हालै मंसिर महिनामा विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको एकतालाई वैकल्पिक राजनीतिको सशक्तीकरणको रूपमा लिँदै खनालले सोही धारलाई बारा–१ मा मजबुत बनाउने उद्देश्यसहित आन्तरिक छनौट प्रक्रियामा सहभागिता जनाउनुभएको बताइएको छ।

खनालले बारा–१ का पार्टी सदस्य, साथीहरू तथा शुभेच्छुकहरूबाट साथ, सहयोग र समर्थनको अपेक्षा व्यक्त गर्नुभएको छ। साथै, पार्टीको विधि, प्रक्रिया र सामूहिक निर्णयप्रति पूर्ण प्रतिबद्धता जनाउँदै आफू जिम्मेवार ढंगले अघि बढ्ने बताउनुभएको छ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni १ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni १ हप्ता अगाडि

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *