Trending

भोलिसम्ममा सरकार र गठबन्धनको छिनोफानो हुने सुरेन्द्र पाण्डेको भनाई

745Views
0 Shares

काठमाडौं । फगुन १५ गते
भोलिसम्ममा सरकार र गठबन्धनको छिनोफानो हुने पूर्वमन्त्री तथा नेकपा ९एमाले०का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताउनु भएको छ । एमालेलले धनगढीमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुुखीकरण कार्यक्रममा सहभागी हुन धनगढी पुगेका पाण्डेले पत्रकारसँगको कुराकानीमा एमसीसीका कारण सत्तारुढ गठबन्धन भत्किने अवस्था सिर्जना भएको बताउनु भएको हो । संसदबाट एमसीसी पारित हुने र गठबन्धन फरक–फरक कुरा भएको तर अहिलेको अवस्थामा गठबन्धन रहनेरनरहने विषय एउटै बन्न पुुगेको देखिएको जिकिर गर्नु भएको छ ।

पाण्डेले आज वा ढिलोमा भोलिसम्म गठबन्धन र सरकारको छिनोफानो हुुने जानकारी दिनु भएको छ । पाण्डेले आफूूहरू सरकारमा दाबी नगर्ने तर कांग्रेससँग सहकार्य भएमा सहमतिमा प्रदेश सरकारका बारेमा सोच्न सकिने बताउनु भएको छ । पाण्डेले अहिले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसीपास गर्ने कुरा सुुन्नमा आएको उल्लेख गर्दै अमेरिकाले उक्त कुरालाई स्वीकार नगर्ने बताउनु भएको छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूमा सडक पनि मेरो, सरकार पनि मेरो भन्ने प्रवृत्ति देखिएकाले अब देश नयाँ कोर्षमा अगाडि बढ्ने बेला भइसकेको उहाँले जनाउनु भएको छ । एमालेले एमसीसीबारे सत्तारुढ दलहरूको धारणा मागिरहेकाले त्यसपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय