रास्वपाद्वारा पर्सामा ‘र्याट’ दस्ता गठन, कृष्णानन्द झाकाे नेतृत्व
By Birgunj
५ महिना अगाडि
Comments: 0
वीरगंज – स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सामा जिल्ला स्तरीय ‘र्याट’ (Rapid Action Team–RAT) गठन गरेको छ। वीरगंज–आदर्शनगरस्थित कन्ट्री इन होटलमा शनिबार आयोजित कार्यक्रममार्फत कृष्णानन्द झाको अध्यक्षतामा पर्सा जिल्ला स्तरीय र्याट दस्ताको समिति घोषणा गरिएको हो।
नवगठित समितिमा उपाध्यक्षमा शिवराज पटेल, सचिवमा रोहनकुमार साह तेली, सहसचिवमा सुनिल पटेल र विक्की कुमार ओझा चयन भए।
त्यसैगरी सदस्यहरूमा प्रीयांशु कुमार साह, मुन्ना ठाकुर, श्रवण पटेल, योग कुमार राय, अर्जुन सरार्फ, सन्तोष पटेल, अरविन्द कुमार गुप्ता, अब्बास आलम, राहुल चौबे, सनोज कुमार गुप्ता, सुनिल राउत, कुन्दन पासवान, दिनेश हजरा, दिलीप पासवान र सुदन हजरा रहेका छन्।
कार्यक्रममा रास्वपा पर्साका सभापति हरी पन्तले नवगठित र्याटलाई पार्टीको अत्यन्त महत्वपूर्ण संरचना भएको बताउँदै अनुशासित भएर जनताको सुख-दुःखमा साथ दिन आग्रह गरे। उनले दैवीप्रकोप, विपत् र निर्वाचन जस्ता विशेष अवस्थामा र्याटको भूमिका निर्णायक हुने उल्लेख गर्दै आगामी निर्वाचनमा पनि सक्रिय रूपमा सहभागी हुन अनुरोध गरे।
जिल्ला सहसचिव कृष्ण पासवानले सहजीकरण गरेको कार्यक्रममा क्षेत्रीय सभापति जितेन्द्र मिश्र, फैयाद मिया, राम आर्या, मनोज कुमार कुर्मी, पूर्ण सापकोटा लगायतको पनि सहभागिता रह्यो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि