• Home
  • राजनीति
  • रास्वपाद्वारा पर्सामा ‘र्‍याट’ दस्ता गठन, कृष्णानन्द झाकाे नेतृत्व
Image

रास्वपाद्वारा पर्सामा ‘र्‍याट’ दस्ता गठन, कृष्णानन्द झाकाे नेतृत्व

वीरगंज – स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सामा जिल्ला स्तरीय ‘र्‍याट’ (Rapid Action Team–RAT) गठन गरेको छ। वीरगंज–आदर्शनगरस्थित कन्ट्री इन होटलमा शनिबार आयोजित कार्यक्रममार्फत कृष्णानन्द झाको अध्यक्षतामा पर्सा जिल्ला स्तरीय र्‍याट दस्ताको समिति घोषणा गरिएको हो।

नवगठित समितिमा उपाध्यक्षमा शिवराज पटेल, सचिवमा रोहनकुमार साह तेली, सहसचिवमा सुनिल पटेल र विक्की कुमार ओझा चयन भए।

त्यसैगरी सदस्यहरूमा प्रीयांशु कुमार साह, मुन्ना ठाकुर, श्रवण पटेल, योग कुमार राय, अर्जुन सरार्फ, सन्तोष पटेल, अरविन्द कुमार गुप्ता, अब्बास आलम, राहुल चौबे, सनोज कुमार गुप्ता, सुनिल राउत, कुन्दन पासवान, दिनेश हजरा, दिलीप पासवान र सुदन हजरा रहेका छन्।

कार्यक्रममा रास्वपा पर्साका सभापति हरी पन्तले नवगठित र्‍याटलाई पार्टीको अत्यन्त महत्वपूर्ण संरचना भएको बताउँदै अनुशासित भएर जनताको सुख-दुःखमा साथ दिन आग्रह गरे। उनले दैवीप्रकोप, विपत् र निर्वाचन जस्ता विशेष अवस्थामा र्‍याटको भूमिका निर्णायक हुने उल्लेख गर्दै आगामी निर्वाचनमा पनि सक्रिय रूपमा सहभागी हुन अनुरोध गरे।

जिल्ला सहसचिव कृष्ण पासवानले सहजीकरण गरेको कार्यक्रममा क्षेत्रीय सभापति जितेन्द्र मिश्र, फैयाद मिया, राम आर्या, मनोज कुमार कुर्मी, पूर्ण सापकोटा लगायतको पनि सहभागिता रह्यो।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni १ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni १ हप्ता अगाडि

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *