• Home
  • राजनीति
  • रास्वपाद्वारा पर्सामा ‘र्‍याट’ दस्ता गठन, कृष्णानन्द झाकाे नेतृत्व
Image

रास्वपाद्वारा पर्सामा ‘र्‍याट’ दस्ता गठन, कृष्णानन्द झाकाे नेतृत्व

वीरगंज – स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सामा जिल्ला स्तरीय ‘र्‍याट’ (Rapid Action Team–RAT) गठन गरेको छ। वीरगंज–आदर्शनगरस्थित कन्ट्री इन होटलमा शनिबार आयोजित कार्यक्रममार्फत कृष्णानन्द झाको अध्यक्षतामा पर्सा जिल्ला स्तरीय र्‍याट दस्ताको समिति घोषणा गरिएको हो।

नवगठित समितिमा उपाध्यक्षमा शिवराज पटेल, सचिवमा रोहनकुमार साह तेली, सहसचिवमा सुनिल पटेल र विक्की कुमार ओझा चयन भए।

त्यसैगरी सदस्यहरूमा प्रीयांशु कुमार साह, मुन्ना ठाकुर, श्रवण पटेल, योग कुमार राय, अर्जुन सरार्फ, सन्तोष पटेल, अरविन्द कुमार गुप्ता, अब्बास आलम, राहुल चौबे, सनोज कुमार गुप्ता, सुनिल राउत, कुन्दन पासवान, दिनेश हजरा, दिलीप पासवान र सुदन हजरा रहेका छन्।

कार्यक्रममा रास्वपा पर्साका सभापति हरी पन्तले नवगठित र्‍याटलाई पार्टीको अत्यन्त महत्वपूर्ण संरचना भएको बताउँदै अनुशासित भएर जनताको सुख-दुःखमा साथ दिन आग्रह गरे। उनले दैवीप्रकोप, विपत् र निर्वाचन जस्ता विशेष अवस्थामा र्‍याटको भूमिका निर्णायक हुने उल्लेख गर्दै आगामी निर्वाचनमा पनि सक्रिय रूपमा सहभागी हुन अनुरोध गरे।

जिल्ला सहसचिव कृष्ण पासवानले सहजीकरण गरेको कार्यक्रममा क्षेत्रीय सभापति जितेन्द्र मिश्र, फैयाद मिया, राम आर्या, मनोज कुमार कुर्मी, पूर्ण सापकोटा लगायतको पनि सहभागिता रह्यो।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ५ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ६ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ६ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *