• Home
  • Uncategorized
  • पशुपति क्षेत्रमा चैते दशैंको तयारी: भूमि पूजन सम्पन्न, १७ गतेदेखि पूजाका कार्यक्रम सुरू
Image

पशुपति क्षेत्रमा चैते दशैंको तयारी: भूमि पूजन सम्पन्न, १७ गतेदेखि पूजाका कार्यक्रम सुरू

काठमाडौं, २०८१ चैत ! पशुपति क्षेत्र, गौशाला-९ मा आगामी चैते दशैंका लागि भव्य तयारी थालिएको छ। जय माँ दुर्गा भवानी पूजा समितिले आज पशुपतिनाथ वनकाली क्षेत्रमा भूमि पूजन सम्पन्न गरेको छ।

विगत वर्षहरूझैं यस वर्ष पनि चैते दुर्गा पूजाको निरन्तरता कायम राख्दै, पूजाको तयारी, व्यवस्थापन र सफल आयोजनाका लागि मूल समारोह समितिले महत्वपूर्ण छलफल कार्यक्रम आयोजना गरेको छ। समितिका पदाधिकारी, सल्लाहकार तथा सहयोगी संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न छलफलमा पूजाको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा व्यापक विमर्श गरिएको थियो।

यसैबीच, चैते दशैंका धार्मिक अनुष्ठानहरू आगामी १७ गतेदेखि विधिवत् रूपमा सुरु हुनेछन्। श्रद्धालु भक्तजनलाई पूजामा सहभागी भई धार्मिक अनुष्ठानलाई सफल बनाउन समितिले हार्दिक अनुरोध गरेको छ।

समितिका अध्यक्ष हेमा साहका अनुसार, यस पटकको पूजा कार्यक्रमलाई अझ भव्य र व्यवस्थित बनाउन विशेष योजना तयार गरिएको छ। स्थानीय भक्तजन, संघ-संस्था तथा भक्त समुदायको सक्रिय सहभागिताले पूजालाई भव्यता प्रदान गर्ने अपेक्षा गरिएको छ।

पूजा समितिले भक्तजनलाई समयमै उपस्थित भई पूजाको पवित्र अवसरमा सहभागी हुन अनुरोध गर्दै, धार्मिक महत्व झल्किने यस परम्परालाई निरन्तरता दिन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरेको छ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal १ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ८ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *