के ओमिक्रोन भाइरस कोरोनाको अन्तिम भेरियेंट ? के यसको अन्त्य हुन्छ ? के भन्छन् विज्ञहरू ?
By Aadat
४ वर्ष अगाडि
Comments: 0

विगत तीन वर्षदेखि लगातार फैलिदै गरेको कोरोना महामारीले विश्वलाई नै तहसनहस बनाएको छ । कराेडाैं मानिस यस महामारीबाट संक्रमित भए, र लाखौंले ज्यान समेत गुमाए।
धेरै जसो विकसित देशकाे अर्थव्यवस्था ध्वस्त भयो, स्वास्थ्य प्रणाली ध्वस्त भयो । यस्तो अवस्थामा यो महामारी कहिले अन्त्य हुन्छ भन्ने प्रश्न सबैको मनमा उठ्नु स्वाभाविक देखिन्छ।
ओमिक्राेनजस्तै कोरोनाको अर्को नयाँ भेरियन्ट आउला त ? यो प्रश्नको जवाफ नयाँ अध्ययनले दिएको छ ।कोरोना महामारी अन्त्य नहुने विज्ञहरूको विश्वास छ । आउँदा दिनहरूमा हामीले यसको साथ नै बाँच्न सिक्नुपर्छ । अनुसन्धानकर्ताहरूले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट हैन भनी बताएका छन् ।
आगामी दिनमा थप भेरियन्टहरू आउन सक्ने सम्भावना पानी देखिन्छ । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका महामारी विशेषज्ञ सेबस्टियन फंकका अनुसार हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमताका कारण यस्ताे खालकाे अवस्थालाई सामान्य बनाउन सक्छौं ।
आगामी दिनमा धेरै घातक महामारी नदेखिने उनकाे भनाइ छ । यता महामारी विशेषज्ञ एरिस काट्जारकिसले कोरोना पछिसम्म रहिरहने हुनाले यसलाई हल्का रूपमा लिन नहुने बताएका छन् । उनले काेराेना भाइरस निकै खतरनाक पनि हुनसक्ने चेतावनी पनि दिएका छन् ।
धेरै विज्ञहरूले हालको कोरोना भ्याक्सिन ओमिक्रोनविरुद्ध प्रभावकारी सावित नभएको समेत बताउँदै आएका छन् । प्रयोगशालाहरूमा गरिएकाे अध्ययनहरूले खोपले ओमिक्रोनविरुद्ध थोरैमात्र एन्टिबडी उत्पादन गरेकाे देखिएकाे छ ।
प्रारम्भिक अध्ययनहरूले ओमिक्रोन अघिल्लो डेल्टा भेरियन्ट जत्तिकै खतरनाक नभएको पत्ता लगाएको छ । यो भेरियन्टमा उच्च मृत्युदर र अस्पताल भर्ना हुने जोखिम कम छ । तर, अहिले यो संक्रमण बढ्दै गएपछि अस्पतालमा भर्ना हुनेको संख्या पनि बढिरहेको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि