Trending

‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने

1.0kViews
0 Shares
DCIM100MEDIADJI_0543.JPG

काठमाडौँ। ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ। प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो।
सत्यम स्कुल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै दक्षिण नेपालकोअग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनकोलागि केही उल्लेखनिय परिवर्तनहरुहुने भएका छन्। अब सत्यम स्कूलबाट विश्व स्तरिय शिक्षा प्रदान गर्नकोलागि अत्याधुनिक भौतिक सुविधाहरुसँगै बेलायका अनुभवी फ्याकल्टी हरूको प्रतक्ष निगरानी रहने भएको छ ।
व्यवस्थापनसँगै स्कुल ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बन्नेछ। ब्रिटिस एजुकेशन ग्रुपले काठमाडौँ, लण्डन तथा दुबईमा कलेजहरु सञ्चालन गर्दै आइरहेकोछ। साथै, यसैग्रुपले नेपालका बिभिन्न क्षेत्रहरुमा रहेका स्कुलहरुको व्यवस्थापन पनि थालेकोछ भने त्यसैगरी पोखरामा छिट्टै स्कुल खोल्ने अवस्थामा रहेकोछ।करिब ६ महिनाअघि लुम्बिनी प्रदेशस्थित नमस्ते ऐकेडेमी रुपन्देही पनी यो ग्रूप अन्तर्गत अगाडी बढ्न सूरूगरीसकेको छ ।
। नमस्तेपछि कलेजले सत्यमकोपनि व्यवस्थापन गर्न लागेकोहो। लामोसमयदेखि ब्रिटिश कलेजको सल्लाहकार समितिमा रहेका तथा ब्रिटिश एजुकेशन ग्रुपका वरिष्ठ सल्लाहकार पाउल क्ल्भ्सि एमबीईले छोटोसमयमानै नमस्तेएकेडेमीको कूसल व्यवस्थापनको बाटोमा देखीन यो समूह सफल भएकोले सत्यम स्कूलको ब्यवस्थापन पनि राम्रोहुनेविश्वास व्यक्त गरेका छन्। उनले भने, ‘हामीले नमस्ते एकेडेमीकोव्यवस्थापन थालेपछि ठूलोसुधार भएकोदेखेका छौं। त्यसैले हामीले सत्यम जेभियर्स इङ्लिस बोर्डिङ स्कुलमा पनि शिक्षा क्षेत्रमा गरिएको दशौं वर्षको विश्वव्यापी अनुभवले अझ अगाडि बढ्न र नेपालमा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नेछ।’
ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक राजन कँडेलले भने, ‘हामीले थापाथलीमा सन् २०१२ मा द ब्रिटिस कलेज स्थापना गरेका हौं। हाम्रा अन्तर्राष्ट्रीय अनूभव र विशेषताहरु नेपालका विद्यार्थीहरुलाई बाँड्दै अगाडि बढ्न चाहान्छौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय