• Home
  • Uncategorized
  • ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने

‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने

DCIM100MEDIADJI_0543.JPG

काठमाडौँ। ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ। प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो।
सत्यम स्कुल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै दक्षिण नेपालकोअग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनकोलागि केही उल्लेखनिय परिवर्तनहरुहुने भएका छन्। अब सत्यम स्कूलबाट विश्व स्तरिय शिक्षा प्रदान गर्नकोलागि अत्याधुनिक भौतिक सुविधाहरुसँगै बेलायका अनुभवी फ्याकल्टी हरूको प्रतक्ष निगरानी रहने भएको छ ।
व्यवस्थापनसँगै स्कुल ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बन्नेछ। ब्रिटिस एजुकेशन ग्रुपले काठमाडौँ, लण्डन तथा दुबईमा कलेजहरु सञ्चालन गर्दै आइरहेकोछ। साथै, यसैग्रुपले नेपालका बिभिन्न क्षेत्रहरुमा रहेका स्कुलहरुको व्यवस्थापन पनि थालेकोछ भने त्यसैगरी पोखरामा छिट्टै स्कुल खोल्ने अवस्थामा रहेकोछ।करिब ६ महिनाअघि लुम्बिनी प्रदेशस्थित नमस्ते ऐकेडेमी रुपन्देही पनी यो ग्रूप अन्तर्गत अगाडी बढ्न सूरूगरीसकेको छ ।
। नमस्तेपछि कलेजले सत्यमकोपनि व्यवस्थापन गर्न लागेकोहो। लामोसमयदेखि ब्रिटिश कलेजको सल्लाहकार समितिमा रहेका तथा ब्रिटिश एजुकेशन ग्रुपका वरिष्ठ सल्लाहकार पाउल क्ल्भ्सि एमबीईले छोटोसमयमानै नमस्तेएकेडेमीको कूसल व्यवस्थापनको बाटोमा देखीन यो समूह सफल भएकोले सत्यम स्कूलको ब्यवस्थापन पनि राम्रोहुनेविश्वास व्यक्त गरेका छन्। उनले भने, ‘हामीले नमस्ते एकेडेमीकोव्यवस्थापन थालेपछि ठूलोसुधार भएकोदेखेका छौं। त्यसैले हामीले सत्यम जेभियर्स इङ्लिस बोर्डिङ स्कुलमा पनि शिक्षा क्षेत्रमा गरिएको दशौं वर्षको विश्वव्यापी अनुभवले अझ अगाडि बढ्न र नेपालमा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नेछ।’
ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक राजन कँडेलले भने, ‘हामीले थापाथलीमा सन् २०१२ मा द ब्रिटिस कलेज स्थापना गरेका हौं। हाम्रा अन्तर्राष्ट्रीय अनूभव र विशेषताहरु नेपालका विद्यार्थीहरुलाई बाँड्दै अगाडि बढ्न चाहान्छौ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *