Trending

मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने –केशव निरौला

730Views
0 Shares

 

काठमाडौं । माघ १८ गते
मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान गरिने राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले बताउनु भएको छ । उदयपुरमा राष्ट्रिय भूमि आयोगको जिल्लास्थित समितिको कार्यालय स्थापना गरी जिल्ला समितिका अध्यक्षसमेतको पद बहाली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले अघिल्ला आयोगले गरेका कामलाई निरन्तरता दिँदै अहिलेको आयोगले कार्य अगाडि बढाउने बताउनु भएको हो ।

उहाँले भूमिहीन,सुकुकुम्बासी र अव्यवस्थित बसोबासीसमेतलाई व्यवस्थित गर्दै मुलुकभरका करिब १४ लाख परिवारका लागि जग्गा व्यवस्थापन गर्ने तथा पुराना अधुरा कामलाई निरन्तरता दिएर थाति रहेका सबै काम गर्ने गरी आयोगले काम गरिरहेको बताउनु भएको छ । प्रारम्भिक अभिलेख अनुसार हाल मुलुकमा भूमिहीन दलित परिवारको सङ्ख्या दुई लाख ३२ हजार, सुकुम्बासी परिवार तीन लाख ३७ र अव्यवस्थित बसोबासीहरुको सात लाख ६५ हजार परिवार रहेको अध्यक्षले जानकारी दिनु भएको छ ।

उहाँले ठूलो सङ्ख्यामा रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारलाई कानुनी आधारमा व्यवस्थित ढंगले जग्गा उपलब्ध गराएर मुलुकबाट सदाका लागि यो समस्यालाई निराकरण गर्नु निकै जटिल र चुनौतिपूर्ण काम भए पनि आफू यसमा कत्ति पनि विचलित नभई काम गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय