Trending

छोराको आक्रमणबाट पश्चिम नवलपरासीमा आमाको मृत्यु

325Views
0 Shares

परासी, १३ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । 

पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ ।

आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Clear
5:27 am7:01 pm +0545
Feels like: 28°C
Wind: 6km/h E
Humidity: 62%
Pressure: 1007.45mbar
UV index: 0
3 am4 am5 am6 am7 am
26°C
25°C
25°C
26°C
29°C
FriSatSunMonTue
43°C / 26°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C
41°C / 28°C

प्रिय न्युज


लोकप्रिय