Image

तास्मानियामा हेरिटेज अफ फेसन

काठमाडौं, ११  असार । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा ‘हेरिटेज अफ फेसन’ सम्पन्न भएको छ । आसाप इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा स्थानिय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो । तास्मानिया संस्करणमा तास्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सीलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लूमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको थियो ।

यस्तै नेपालबाट फेसन शोमा सहभागी हुन संचारकर्मी विवेक खतिवडा, शो कोरियोग्राफर मुस्कान रानी र ड्रेस डिजाइनर अमितेष कर्ण र इन्द्रा लक्ष्मी अचाजु अष्ट्रेलिया पुगेका थिए ।

संस्थाका अध्यक्ष तथा निर्माता सन्तोष अधिकारीले तास्मानियामा नेपाली समुदायको यो पहिलो कार्यक्रम भएको बताए ।  ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा र्याम्प नापेका थिए । ‘हेरिटेज अफ फेसन अस्ट्रेलिया’ नेपाली कला र संस्कृतिको वास्तविक उत्सव रहेको भन्दै नेपाल र अष्ट्रेलियाका शीर्ष फेसन डिजाइनरहरू, मोडेलहरू र मेकअप आर्टिस्टहरूले आकर्षक रनवेमा आफ्नो कला प्रस्तुत गरेको आयोजकले जनाएको छ ।

 परम्परागतदेखि समकालीन डिजाइनले नेपालको समृद्धी, जीवन्त सम्पदा झल्काएको दाबी आयोजकको छ । नेपाली कला र संस्कृतिको जगेर्नामा सहयोग गर्न उल्लेख्य मात्रमा होबार्टवासी नेपाली सहभागी भएको निर्देशक अधिकारीले बताए । नेपाल र सिड्नीमा हेरिटेज अफ फेसन अस्ट्रेलिया सफलता पूर्वक सम्पन्न भैसकेको छ । निर्माता अधिकारी अहिले दुई सिनेमा ‘एयुडी’ र ‘चित्रा’को प्रि–पोडक्सनमा समेत व्यस्त छन् ।
 

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni ८ महिना अगाडि

अब राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर मतदाता परिचयपत्र बनाउन सकिन्छ

नेपालमा डिजिटल सेवा विस्तारसँगै अब निर्वाचन आयोगले मतदाता परिचयपत्र (Voter ID) अनलाइनबाटै बनाउन सक्ने प्रणाली सुरु गरेको छ।…

ByByanjana soni ८ महिना अगाडि

बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन – अब एकै ठाउँबाट सम्पूर्ण IT सेवा र स्मार्ट ग्याजेट सुविधा !

  बिरगंज – नेपालको दक्षिणी व्यापारिक केन्द्र बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन भएको छ। अत्याधुनिक…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *