Image

लोक दोहाेरी व्यवसायीलाई रोयल्टी अनुमति पत्र

काठमाडौं, ८ असार । काठमाडौं उपत्यकाका २२ भन्दा बढी लोक दोहोरी व्यवसायीहरुलाई गीत संगीतको सार्वजनिक प्रयोग गर्नका लागि अनुमति पत्र(लाइसेन्स) प्रदान गरिएको छ ।

नेपाल प्रतिलिपि अधिकार कार्यालय र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले लोकदोहोरी व्यवसायीहरुसँग ‘प्रतिलिपि अधिकार कानून कार्यान्वयन तथा लोक दोहोरी साँझ रेष्टुरेन्टको सार्वजनिक प्रयोग वापतको संगीत रोयल्टी’ विषयक अन्तरक्रियामा उनीहरुलाई अनुमति पत्र प्रदान गरिएको हो ।

अनुमति पत्र पाउनेहरुमा गाउँले रोधी घर, डाँडा घरे रोधी एण्ड क्लब, सुस्केरा दोहोरी साँझ, यानिमाया रोधी क्लब, मधुवन रोधी घर एण्ड सुनार हाउस, माईली रोधी घर, सोल्टीनी रोधी नाच घर, सालैजो दोहोरी साँझ, गाउँ बेशी दोहोरी साँझ, निलकमल दोहोरी साँझ छन् । त्यस्तै जुनतारा दोहोरी एण्ड लाउन्ज, मुर्छाना दोहोरी साँझ, डाँफे रोधी घर, इन्द्रेणी रोधी क्लब एण्ड डिस्को, टप राजधानी दोहोरी साँझ, संगीतमाला रोधी घर, जुनकिरी रोधी नाचघर, नौ डाँडा दोहोरी साँझ, बासुरी दोहोरी साँझ र देउराली रोधी घरले पनि अनुमति पत्र लिएका छन् ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगरले प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ तथा नियमावली २०६१ को दफा १० बमोजिम लोकदोहोरी साँझहरुलाई सामूहिक रोयल्टी व्यवस्थापन समूहहरु र दोहोरी साँझसँगको सम्झौता बमोजिम गीत संगीतको सार्वजनिक रुपमा प्रयोग गर्न अनुमति प्रदान गरिएको बताए । ‘यो अनुमति पत्र प्राप्त गरेपछि सम्बन्धित संस्थाले अनिवार्य रुपमा देखिने गरी राख्नुपर्नेछ’, उनले भने । कार्यक्रममा संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका निमित्ति रजिष्ट्रार उत्तम दवाडी, पुर्व रजिष्ट्रार बिसुकुमार केसी, सुरेश अधिकारी, निर्णय श्रेष्ठ महेश खड्का, मिलन मोक्तान र प्रहरी वृतका प्रमुखहरुले रोयल्टी बारेमा बोलेका थिए ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni ८ महिना अगाडि

अब राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर मतदाता परिचयपत्र बनाउन सकिन्छ

नेपालमा डिजिटल सेवा विस्तारसँगै अब निर्वाचन आयोगले मतदाता परिचयपत्र (Voter ID) अनलाइनबाटै बनाउन सक्ने प्रणाली सुरु गरेको छ।…

ByByanjana soni ८ महिना अगाडि

बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन – अब एकै ठाउँबाट सम्पूर्ण IT सेवा र स्मार्ट ग्याजेट सुविधा !

  बिरगंज – नेपालको दक्षिणी व्यापारिक केन्द्र बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन भएको छ। अत्याधुनिक…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *