अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत

1.5kViews
0 Shares

काठमाडौं, असार । एभरेष्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत गरेको छ ।

क रिपब्लिकको प्ल्जेनमा गत जुन ७ देखी ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ७ राष्ट्र र स्लोभाकियाको मियावा शहरमा जुन १३ देखी १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्रको समूह सहभागी थिए ।

नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा गएको टोलीमा ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन, जोगेन्द्र केसीको नृत्य निर्देशन र रामबहादुर भुजेलको संगीत संयोजन थियो । मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरब काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनौ नृत्यहरू प्रस्तुत गरिएका थिए ।

स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरब कालीबाट र समापन नेपाली चरिया नृत्य कुमारीबाट गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय