जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिका-९ जयन्तीमार्ग बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम नेपाल दाससहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५५ रूपयाँसहित फेला पारी पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि