• Home
  • सूचना-प्रविधि
  • मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन
Image

मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन

सिन्धुली, ४ असार । आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तानतरण गरेका छन ।

जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तानतरण गरेको बाग्मती प्रदेशका मन्त्रीले साे जानकारी दिएका हुन ।

१ हजार भन्दा बढि कैदीबन्दी रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले राइस स्टीमर मेसिनको ब्यबस्था गरिदिएका हुन । उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालको आर्थिक सहयोगमा नेपालमा नै कारागारलाई पहिलो पटक सो मेसिन प्रदान गरिएको हो । 

केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो गरे पछि राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्रि श्रेष्ठले बताए ।

‘लामो समयसम्म आफैंले बन्दी जीवन बिताएको जिल्ला कारागार सिन्धुलीमा मन्त्री बनेपछि निरीक्षण गर्न जाँदा झन्डै १ हजार बन्दी बस्दै आएको यस कारागारमा दाउराबाट खाना बनाउन साह्रै गाह्रो देखेपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट राइस स्टिमर उपलब्ध गराउने प्रतिबद्धता गरेको थिएँ’ उनले हस्तान्तरण कार्यक्रम पछि उनले भने, ‘सोही प्रतिबद्धता अनुसार ४ लाख ६५ हजार (ढुवानी समेत) को करिब १ हजार जनालाई खाना बनाउन मिल्ने ४ थान राइस स्टिमर कारागार प्रशासनलाई हस्तान्तरण गरियो ।’ उनका अनुसार बागमती प्रदेश सरकारले कारागारलाई साँच्चैको सुधारगृह बनाउन चाहेका छ । 

मन्त्री श्रेष्ठको पहलकदमी अनुसार कारागालाई हस्तान्तण गरिएको  ४ ट्रे को २ थान र १२ ट्रे को २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni ८ महिना अगाडि

अब राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर मतदाता परिचयपत्र बनाउन सकिन्छ

नेपालमा डिजिटल सेवा विस्तारसँगै अब निर्वाचन आयोगले मतदाता परिचयपत्र (Voter ID) अनलाइनबाटै बनाउन सक्ने प्रणाली सुरु गरेको छ।…

ByByanjana soni ८ महिना अगाडि

बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन – अब एकै ठाउँबाट सम्पूर्ण IT सेवा र स्मार्ट ग्याजेट सुविधा !

  बिरगंज – नेपालको दक्षिणी व्यापारिक केन्द्र बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन भएको छ। अत्याधुनिक…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *