• Home
  • सूचना-प्रविधि
  • जलवायुको अत्याधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतराप्रति चिन्ता
Image

जलवायुको अत्याधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतराप्रति चिन्ता

ललितपुर, ३ असार । वायुमण्डलमा हुने कार्वनडाइअक्साइड नामक रसायनको मात्रा बढ्दै जाँदा जलवायुको अत्यधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतरा प्रवल हुँदै गएकोमा एक कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । यस प्रकृयालाई राम्ररी नबुझेसम्म यस समस्याको भरपर्दो समाधान निकाल्न नसकिने विषय उनीहरुको छ । 

नेपाल इन्जिनियरिङ कलेज (नेक) मा भएको एक प्रवचन कार्यक्रममा प्रा. डा. ताराप्रकाश भट्टले यस विषयमा प्रकाश पारे । अन्तर्राष्ट्रिय ख्यातीप्राप्त पेशागत जर्नलहरूमा दर्जनौं शोधपत्रहरू प्रकाशन गरिसकेका प्रा. डा. भट्ट अहिले अमेरिकाको टेक्सास राज्यमा रहेको टेक्सास ए एण्ड एम विश्वविद्यालयमा प्राध्यापन तथा शोध कार्य गर्छन् । 

केही पश्चिमा वैज्ञानिकहरूले पृथ्वीमुनी रहेको भौगोलिक प्लेटहरूमाथि आउने क्रममा माटोमुनी रहेका रसायनहरू हावासँग प्रत्यक्ष सम्पर्कमा आई रासायनियक प्रक्रियाबाट वायुमण्डलमा अक्सिजनको मात्रा बढ्न गई हावाको तापक्रम घट्ने संकेत दिइरहेको बेलामा प्रा. डा. भट्टले यहाँको माटोमा भएको जीवाणुहरूले प्रयोग गर्ने अक्सिजनको मात्रा पनि बढ्ने र  माटोमा रहेको पाइराइट धातु अक्सिजनसँग रियाक्शन भई अक्सिजन फेरी माटोमै मिसिने भएकोले प्राकृतिक तवरबाट नै कार्वनडाइअक्साइड र अक्सिजनको सन्तुलन कायम हुने अनुमान आफ्नो शोधबाट आएको जानकारी दिए ।

विश्वका अन्य देशहरू र नेपालकै लाङटाङ हिमाल क्षेत्रमा गरिएको अनुसन्धानबाट एउटै निष्कर्ष निस्किएको जानकारी दिँदै प्रा. डा. भट्टले नेपालमा मात्र अनुसन्धान गर्न आधारभूत तथ्याङ्कको कमि रहेकोले विदेशी संस्थाहरूसँग सहकार्य गरी नेपाली र विदेशी क्षेत्रमा सँगै काम गर्दा शोध परिणामको वस्तुगत तुलना गर्न सकिने र यसले शोध परिणामको विश्वसनियता बढ्ने जानकारी दिए । 

नेपालमा जल तथा मौसम विज्ञानलाई नै आफ्नो पेशागत कार्यक्षेत्र बनाएमा विज्ञहरूको छाता समूह सोहम नेपाल तथा नेकको अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सोहम नेपालका उपाध्यक्ष शिवकुमार महतो, महासचिव केएन दुलाल तथा नेकबाट रबर्ट डंगोल, प्रतिक सिं ठकुरी, डा. नारायणप्रसाद कोजू तथा अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमका विद्यार्थीहरूले भाग लिएका थिए ।

कार्यक्रमको अध्यक्ष तथा नेकका प्राचार्य तथा सोहम नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठले यस प्रकारको शोध कार्यक्रममा नेपालका शोधकर्ताहरूलाई पनि समावेश गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni १० महिना अगाडि

अब राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर मतदाता परिचयपत्र बनाउन सकिन्छ

नेपालमा डिजिटल सेवा विस्तारसँगै अब निर्वाचन आयोगले मतदाता परिचयपत्र (Voter ID) अनलाइनबाटै बनाउन सक्ने प्रणाली सुरु गरेको छ।…

ByByanjana soni १० महिना अगाडि

बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन – अब एकै ठाउँबाट सम्पूर्ण IT सेवा र स्मार्ट ग्याजेट सुविधा !

  बिरगंज – नेपालको दक्षिणी व्यापारिक केन्द्र बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन भएको छ। अत्याधुनिक…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *