Image

गीतमार्फत् जातीय कोटाको विरोध

काठमाडौं, ३१ जेठ । गीतमार्फत जातीय कोटा खारेज गर्न माग गरिएको छ । सन्देशमुलका गीतसंगीतमार्फत् आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले सार्वजनिक गरेका नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ मा उनले जातीयभन्दा वर्गीय विभेद रहेको कथा प्रस्तुत गरेका छन् । 

आफ्ना अघिल्ला गीतझैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गरेका सुजनले भने, ‘जातीय कोटाले गर्दा कोही लायकको व्यक्तिसमेत अवसरबाट बन्चित भइरहेका छन् । त्यसैले जातीय नभई गरिब कोटा चाहिएको छ । यहाँ वर्गीय विभेद छ ।’

आफ्ना गीतहरूमार्फत सामाजिक सन्देश दिईरहेका सुजनले गीतसंगीतमार्फत चेतना वृद्धि गर्नु सर्जकको दायित्व रहेको बताए । ‘मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन् । किनकि हामी मनोरञ्जनमा मात्र सिमित हुनुहुदैन ।’

उनले सार्वजनिक गरेको म्युजिकल फिल्ममा सबै एक समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको बताएका छन् । ‘हामी जुनसुकै जात भएपनि नेपाली हौँ । गीतमा मैले यहिँ भावलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । जातीय वर्गीकरण गर्नुहुदैन भन्ने हाम्रो आशय हो’, उनले भने ।

गीतमा शब्द, संगीत, परिकल्पना, कथा र निर्देशन सुजनकै रहेको छ । यसमा सुजनसँगै हेमन्त कान्छा रसाईली, राजु परियार र धर्म गन्धर्वको स्वर रहेको छ । सार्वजनिक म्युजिकल भिडियोमा निर्देशक सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, तारा बहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, इश्वरी बराल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा मुकेश नेपालीको नृत्य निर्देशन, किरण चैसिरको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर, रोनिशा अधिकारीको मेकअप रहेको छ । सुजना शर्मा रेग्मी र लक्ष्मी पौडेल निर्माता रहनुभएको ‘नेपाली हाम्रो जात’ डिआर सुजन नामक युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको छ ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni १० महिना अगाडि

अब राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर मतदाता परिचयपत्र बनाउन सकिन्छ

नेपालमा डिजिटल सेवा विस्तारसँगै अब निर्वाचन आयोगले मतदाता परिचयपत्र (Voter ID) अनलाइनबाटै बनाउन सक्ने प्रणाली सुरु गरेको छ।…

ByByanjana soni १० महिना अगाडि

बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन – अब एकै ठाउँबाट सम्पूर्ण IT सेवा र स्मार्ट ग्याजेट सुविधा !

  बिरगंज – नेपालको दक्षिणी व्यापारिक केन्द्र बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन भएको छ। अत्याधुनिक…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *