• Home
  • सूचना-प्रविधि
  • जातिय भेदभावको विरूद्धको गीत ‘नेपाली हाम्रो जात’ जात सार्वजनिक
Image

जातिय भेदभावको विरूद्धको गीत ‘नेपाली हाम्रो जात’ जात सार्वजनिक

काठमाडौ, ३२ जेठ । नेपालमा जातिय भेदभाव विरूद्ध धेरै गीतसंगीतहरू बन्ने गर्छन् । तर फरक मागसहित बनेको नयॉ गीत नेपाली हाम्रो जात सार्वजनिक गरिएको छ ।

डि.आर सुजन, हेमन्त कान्छा रसायली,राजु परियार, धर्म गन्धर्वको स्वर तथा डि.आर सुजनको शब्द रहेको गीतले जातिय विभेद अन्त्यको लागि अन्य गितभन्दा फरक विषयवस्तु उठाएको छ । गीतले जातिय कोटा खारेज गरेर गरिव कोटा लागु गर्न दवाव सिर्जना गरेको छ । जातिय कोटा लागु गर्दा क्षमता भन्दा कमजोर मानीस छनौट हुने भन्दै संविधानले समान मानवको सबै जातलाई फेरि दलित भन्दै कोटा दिएर असमान ब्यबहार गरेको भन्दै शब्दै खारेजिको माग गीतले गरेको छ।

जबसम्म दलित शब्दले तल्लो जाति भन्ने बुझाउँछ भने जातिय भेदभाव कहिलेपनि अन्य नहुने तर्क गीतमा उठाईएको छ। डि.आर सुजनको शब्द तथा संगीत रहेको गीतलाई महेन्द्र भण्डारीको संगीत रहेको छ भने राजेन्द्र बाजुराली/गोबिन्द पराजुली/सागर बाजुराली ले रेकर्ड गरेका छन् ।

गीत मिक्सिङ खडक बाजुराली ले गरेका छन् भने मालश्री स्टुडियोले तयार गरेको गीतकोअडियो/भिडियो भने डि.आर सुजन फिल्म्स प्रा.ली.ले तयार गरेको छ । यस गीतको भिडियोतर्फ परिकल्पना/कथा/निर्देशन डि.आर सुजनको रहेको छ भने गीतको भिडियोमा डि.आर सुजन,बिनोद परियार (झुले)सुरबिर पन्डित,रामबाबु रेग्मी, लोकेन्द्र लेखक, तारा केसि,सरिता राजोपाध्याय, मुकुन्द मैनाली, इश्वोरी बराल,प्रिया पोख्रेल,आइपी आचार्य,अर्जुन कुवर, अर्जुन कार्की, सुशिला बिस्वोकर्मा, पुजा श्रेष्ठ, कल्पना मल्ल,सुश्मा खड्का, महेन्द्र शर्मा, बाल कलाकार, सुजित रेग्मी, शोहन थापा आदिले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई प्रोडक्सन म्यानेजर सुर्य ओल्के गरेका छन् भने मेकअप रोनिशा अधिकारी तथा छायांकन करन चैसिर ले गरेका छन् पोस्ट प्रोडक्सन डि.आर सुजन फिल्म्स गर्ने बनाईएको छ । करिव एक हप्तामा रिलिजको तयारी गरिएको गीतलाई जातिय विभाग विरूद्धको गीत भन्दा पनि समानताको गीत भन्न सकिने लेखक तथा संगीतकार डिआर सुजन बताउँछन्। गीत युटुवमा डि.आर सुजनबाट सार्वजनिक गरिएको छ ।

link: https://www.youtube.com/watch?v=CwPR8dfgASw

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni ८ महिना अगाडि

अब राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर मतदाता परिचयपत्र बनाउन सकिन्छ

नेपालमा डिजिटल सेवा विस्तारसँगै अब निर्वाचन आयोगले मतदाता परिचयपत्र (Voter ID) अनलाइनबाटै बनाउन सक्ने प्रणाली सुरु गरेको छ।…

ByByanjana soni ८ महिना अगाडि

बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन – अब एकै ठाउँबाट सम्पूर्ण IT सेवा र स्मार्ट ग्याजेट सुविधा !

  बिरगंज – नेपालको दक्षिणी व्यापारिक केन्द्र बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन भएको छ। अत्याधुनिक…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *