जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
दाङ, २६ जेठ । लमही नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४० वर्षीया पार्वती खड्कासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ३० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि