Trending

पृथ्वीनारायण शाहले देशको सामाजिक,आर्थिक नीति आज पनि उत्तिकै मननीय रहेको छ –राष्ट्रपति भण्डारी

720Views
0 Shares

काठमाडौं । पुष २७ गते

पृथ्वीनारायण शाहले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीति आज पनि उत्तिकै मननीय रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनु भएको छ ।
पृथ्वीनारायण शाहको ३०० औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति भण्डारीले पृथ्वीनारायणका दूरदर्शी विचारहरूलाई आत्मसात् गर्दै अघि बढ्नसके मुलुकको सामाजिक,आर्थिक रूपान्तरणमा योगदान पुग्न विश्वास व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीलेआज शुभकामना सन्देश जारी गर्दै पृथ्वीनारायणको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित रहेको उल्लेख गर्नु भएको छ । राष्ट्रपति भण्डारीले देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहेको जिकिर गर्नु भएको छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित रहेको राष्ट्रपति भण्डारीको भनाई छ । राष्ट्रपति भण्डारीले नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थन्तन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु रहेको उल्लेख गर्नु भएको छ । नेपाल एकीकरणमार्फत् यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि समेत तयार भएको राष्ट्रपति भण्डारीको भनाई छ । वीर पुर्खाहरूको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हाम्रो रहेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय