Trending

यस्ता छन् प्याज खानुका अचुक फाइदाहरु

860Views
0 Shares

काठमाडौं । पुष २७ गते
हाम्रो दैनिक खानपानमा प्याजको महत्वपूर्ण हिस्सा रहेको छ । प्याज आफ्नो राम्रो गुणहरुले गर्दा अझ बढी बिशेष छ साथै खानाको स्वाद बढाउनको लागि प्याज जरुरी हुन्छ तर प्याजले स्वाद मात्र बढाउदैन । हाम्रो भान्सामा कहिल्यै नटुट्ने प्याजको फाइदाहरुको बारेमा कमैलाई थाहा हुन सक्छ । स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो मानिने प्याजको गुणहरु के के छन् , जान्नुहोस् स्

१० रुघाखोकीमा लाभकारी
रुघाखोकी र कफको समस्यामा प्याज धेरै लाभदायक मानिन्छ भने यस्तो बेला प्याजको रस सेवन गर्दा धेरै आराम मिल्छ । कफ जमेको बेला प्याजको रसमा मिश्री मिलाएर खाँदा धेरै फाइदाजनक हुन्छ ।

२० कपालको सुरक्षा कवच
कपाल झर्ने समस्या छ भने प्याजको रसले समस्याको समाधान गर्दछ साथै प्याजको सेवन नियमित गरेमा कपालको जरा मजबुत हुन्छ ।

३० छालाको लागि फाइदाजनक
प्याजमा एन्टी इम्फ्लामेट्री, एन्टी एलर्जिक, एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण हुन्छ र यिनै गुणहरुको कारण प्याज धेरै रोगहरुका लागि लाभकारी हुन्छ । प्याजको नियमित सेवनले धेरै रोगहरुलाई भगाँउछ भने केही अनुसन्धानहरुले प्याजको नियमित सेवनबाट मानिसहरुको आयु पनि लम्बिने देखाएको छ । यसको साथै छाला चाउरी पर्नबाट पनि जोगाउँछ र छालाको चमक पनि बढाउँछ ।

४० वीर्यको लागि फाइदाजनक
प्याजको रस र मह मिलाएर खाएमा वीर्यको वृद्धि हुन्छ । नपुंसकता हटाउनको लागि प्याज उपयोगी हुन्छ भने यौन उत्तेजना बढाउनको लागि वा जागृत गर्नको लागि प्याजले सहायक भुमिका खेल्दछ । साथै यौन दुर्वलताबाट पनि बचाउँछ ।

५० मधुमेहमा फाइदाजनक
मधुमेहको बिरामीहरुको लागि काँचो प्याज धेरै लाभकारी हुन्छ । प्याजको सेवन गर्नाले शरिरमा इन्सुलिन पैदा हुनुका साथै त्यको मात्रा बढाउन पनि मद्दत गर्दछ । शरिरमा सुगरको लेभलको सन्तुलन गर्नमा प्याजको अहम योगदान रहेको छ ।

६० रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि प्याज धेरै फाइदाजनक हुन्छ । यसको नियमित सेवनले धेरै किसिमको रोग लाग्नबाट बचाउँछ ।

७० अपचबाट छुटकारा
धेरैजसो मानिसहरु अपचको समस्याबाट हैरान हुन्छन् । प्याजको सेवनबाट शरिरमा पाचक रसको प्रवाह धेरै हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ साथै तौल नियन्त्रण पनि गर्छ ।

८० क्यान्सरबाट बचाउँछ
क्यान्सर जस्तो घातक रोगबाट बच्नका लागि प्याज एक राम्रो औषधीको रुपमा मानिन्छ । यसमा भिटामीन सी पनि पाइन्छ जसले क्यान्सरको रोकथामको लागि सहयोग गर्दछ ।

९० कानको दुखाई कम
कानमा कुनै पनि प्रकारको समस्या हुँदा प्याजलाई आगोमा हल्का तताएर मनतातो रस निकालेर उक्त रस कानमा हाल्नाले कानको दुखाई एंव अन्य समस्या समाप्त हुन्छ ।

१० महिनावारीको क्रममा लाभ
महिलाहरुमा महिनावारीसँग जोडिएको समस्या हुँदा प्याजको रसमा मह मिलाएर सेवन गरेमा धेरे लाभदायक हुन्छ । अत्याधिक दुखाई हुँदा पनि प्याजको सेवनले राहत मिल्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय