Trending

चौताराका मेयर सापकोटामाथि आक्रमण भएको भिडियो भाइरल 

790Views
0 Shares

काठमाडौं, १४ भदौ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटामाथि आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

मंगलबार दिउँसोबाट भाइरल भइरहेको भिडियो स्थानीय तहकाे निर्वाचनताकाकाे हाे । सार्वजनिक कार्यक्रममा उनीमाथि आक्रमण भएको देखिन्छ । आक्रमण हुन थालेपछि उनी भागेको र ‘पुलिस खोइ’ भन्ने आवाज पनि सुनिन्छ । 

यसबारे बुझ्न खोज्दा मेयर सापकोटाको मोबाइल स्विच अफ छ । उपमेयर सीता थापा, नगरपालिकाका सूचना अधिकारी राजभाइ श्रेष्ठले फोन रिसिभ गरेनन् । प्रशासकीय अधिकृत रामबहादुर केसीले भने आफू कार्यालयको काम विशेषले काठमाडौंमा रहेकाले केही जानकारी नरहेको बताए ।

मेयर सापकाेटा सभामुख अग्निप्रसाद सापकाेटाका भाइ हुन् । माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा  सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे हाे । तर केही सामाजिक सञ्जाल प्रयाेगकर्ताले भने एमाले नेता महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भन्दै पाेस्ट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय