Image

 जुम्लाको अर्गानिक तरकारी संकलन गरिँदै 

जुम्ला, १ भदौ 

जुम्लामा उत्पादन हुने अगार्निक तरकारी निर्यातको लागि संकलन गर्न थािएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषि जन्यबस्तु संकलन गरिएको हो ।पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली र गाेलभेडा  उत्पादन हुने गरेको छ। 

कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बाेहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै १०५ क्विन्टल स्याउ सुर्खेत र अछाममा क्विन्टल गरी १२ लाख बराबरको कारोबार गरिएको छ ।

आलु खेती उत्पादन घटदो क्रममा रहेकोले स्थानीय आलुको उत्पादन बढाउनका लागि आईपीएम विधिमार्फत् आलुबाली कृषक पाठशाला संचालन गरिएको छ । उन्नत प्रविधि र परम्पारगत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुबै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने, ‘पाठशाला पेस नेपालको सर्मथनमा निर्माण भएको सुधार सिल कृषक समुहमा १६ हप्ता सम्म सञ्चालन गरिएको हो ।’

पाठशालाको अन्तमा उन्नत प्रविधिबाट ६ क्विन्टल र परम्पारगत प्रविधिमार्फत ४ क्विन्टलआलु उत्पादन भएको हो । यो कृषक पाठशाला कनकासुन्दरी गाउँपालिका ७ रोकायावाडामा सञ्चालित  छ । किसानले पाठशालामा रोगकिराबाट कसरी जोगाउने भन्ने बारेमा खेतबारीमै नै सिक्न पाएका छन् । स्थानीय जैविक विषादी निर्माण गर्ने र जैविक विषादीबारेमा जानकारी प्राप्त गरेका छन् । पाठशालामा २४ जना समुहका सदस्यको सहभागीता छ । 

Related Posts

छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट

खड्क सुनार मुगु ११ असार  । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६० करोड ६९…

ByByYOUTV ३ वर्ष अगाडि

आँरुखर्कवासीको बिलौना : सरकार फेरियो समस्या फेरिएन

 हेमन्त केसीसुर्खेत, ५ असार ।  सुर्खेतको चिङ्गाड गाउँपालिकाको धरमपोखरा नजिकै एउटा गाउँ छ, आँरुखर्क । हरियाली डाँडापाँखाले घेरेको त्यो…

ByByYOUTV ३ वर्ष अगाडि

स्थानीय तहमामा मनपरी खर्च

हेमन्त केसीसुर्खेत, ३ असार । स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था दयनीय देखिएको छ । अधिकांश स्थानीय तहहरूले ऐन, कानुन…

ByByYOUTV ३ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *