• Home
  • अर्थ
  • छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट
Image

छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट

खड्क सुनार

मुगु ११ असार  । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६० करोड ६९ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेकाे नगरसभाकाे बैठकमा नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले आ.व ०८०/०८१ का लागि जम्मा ६० करोड ६९ लाख ४१ हजार ४ सय ७२ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।  

नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ७७ करोड ६६ लाख थियो । नयाँ बजेटमा संघीय सरकारतर्फ संघीय राजस्व बाँडफाँटमा १० करोड ५८ लाख २१ हजार, संघीय ससर्त अनुदान चालुतर्फ २५ करोड ९५ लाख रकम अनुमान सभामा प्रस्तुत गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए । उनका अनुसार  संघीय सरकार समानीकरण अनुदान ११ करोड ७२ लाख, संघीय सरकार विशेष अनुदानमा २ करोड ३० लाख र संघिय समपुरक अनुदान २ करोड २० लाख रकम सार्वजानिक गरिएको छ । 

प्रदेश सरकार राजस्व बाँडफाँटमा १४ लाख २८ हजार ४ सय ७२ , प्रदेश समानीकरण १ करोड ४२ लाख १४ हजार , प्रदेश सशर्त अनुदान ४ करोड ६७ लाख ६८ हजार  र आन्तरिक राजस्व आम्दानी १ करोड ७० लाख रकम रहेको भामको भनाई छ ।   

बजेटमा  दलित समुदायका ज्येष्ठ नागरिकहरुका लागि छुट्टै वृद्धआश्रम सञ्चालन गर्नेगरी नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको थियो ।साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकियस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरुलाई मध्येनजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको छ । 

छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर तीर्थस्थलको संरक्षण प्रवर्द्धनमा जोड दिनुका साथै नगर क्षेत्रभित्र पर्ने प्रमुख धार्मिक स्थलहरु छायाँनाथ, ऋणमोक्ष मन्दिर, गुफालगायत अन्य धार्मिक स्थलहरुलाई पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ४ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *