• Home
  • Uncategorized
  • नेपाल रेडक्रस सोसाइटी खोटाङले पहिरोपीडितलाई राहत प्रदान गरे
Image

नेपाल रेडक्रस सोसाइटी खोटाङले पहिरोपीडितलाई राहत प्रदान गरे

खोटाङ, २४ साउन 
नेपाल रेडक्रस सोसाइटी खोटाङले पहिरोपीडितलाई राहत प्रदान गरेको छ । वर्षापछि गत १७ असार राति गएको पहिरोबाट विस्थापित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका १३ परिवारलाई राहत प्रदान गरिएको हो । 

पहिरोबाट पूर्णरुपमा विस्थापित भएपछि डाँडाको खेतमा त्रिपाल टाँगेर बसिरहेका सावालुङका रामिरा राई, जीतबहादुर राई, कर्णबहादुर राई, भीमबहादुर राई, शारदा राई, धनकुमार विश्वकर्मा, पारश राई, युवराज श्रेष्ठ र साउधन राईलाई रेडक्रसले बन्दोवस्तीका सामग्री प्रदान गरेको हो ।

उनीहरुलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट भाँडा, आठ मिटर बुट्टे कपडा, एक थान कपडा, एक वटा बाल्टिन, दुई थान साडी, डोरी, एकरएक थान कपडा र एक सेट हाइजेनिक किट प्रदान गरिएको छ । यस्तै, पहिरोले घरमा सामान्य क्षति पुगेका मसिरी राई, पुरीमायाँ राई, वलराम राई र पर्शुराम राईलाई एक-एक थान त्रिपाल वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले बताए । 

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *