Trending

५० दशमलब १ मिलियन मानिस द्वन्द्व र विपद्ले विस्थापित

980Views
0 Shares

काठमाडौं, ५ जेठ

द्वन्द्व र प्राकृतिक विपद्का कारण गत वर्ष दशौँ लाख मानिस  आफ्नै देशभित्र विस्थापित भएका छन् । सन् २०२१ मा ५९ दशमलब १ मिलियन मानिसहरु आन्तरिक रुपमा विस्थापित भएका छन् । यो अहिलेसम्मकै ठूलो विस्थापितको संख्या हो ।

पछिल्लो समयमा रुस–युक्रेन युद्धले यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । इन्टरनल डिस्प्लेसमेन्ट मोनिटरिङ सेन्टर (आइडीएमसी) र नर्वेजियन रिफ्युजी काउन्सील (एनआरसी) ले तयार पारेको प्रतिवेदनमा नयाँ विस्थापितको संख्या करिब ३८ मिलियन रहेका बताइएको छ ।

यो सन् २०२० पछि वार्षिक विस्थापित हुनेको दोस्रो ठूलो संख्या हो । सो वर्ष प्राकृतिक विपद्का कारण ठूलो संख्यामा मानिसहरू विस्थापित भएका थिए ।
गत वर्ष द्वन्द्वका कारण विस्थापित हुनेको संख्या १४ दशमलब ४ मिलियन रहेको थियो । यो सन् २०१२ को को तुलनामा दोब्बर हो ।

युक्रेन युद्धका कारण यो वर्ष विश्वव्यापी रुपमा विस्थापित हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला गरेपछि ८ मिलियनभन्दा बढी मानिस युक्रेनभित्रै विस्थापित भएका छन् भने ६० लाखभन्दा बढी शरणार्थीको रूपमा अन्य देशमा विस्थापित छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय