• Home
  • ताजा समाचार
  • सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति
Image

सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति

काठमाडौं २० पुस

सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयनका लागि कांग्रेसले निर्वाचन समिति गठन गरेको छ ।

प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

समितिको सदस्यमा उपसभापति जनकराज चौधरी, सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवालाई राखिएको छ । उक्त निर्वाचन समितिले अब संसदीय दलको नेता सर्वसम्मत चयन हुन नसकेमा मतदानको प्रक्रिया अघि बढाउनेछ ।

कांग्रेस संसदीय दलको नेताका विषयमा छलफल गर्न मंगलबार कांग्रेस सुदूरपश्चिमको पदाधिकारी बैठक बसेको थियो । बैठकले दलको नेताका आकांक्षीहरूको धारणा सुन्दै सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो ।कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट, मानबहादुर रावल र प्रकाश देउवाले आकांक्षा राखेका छन् । उनीहरूबीच सहमतिको प्रयास जारी छ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *