Trending

सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति

310Views
0 Shares

काठमाडौं २० पुस

सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयनका लागि कांग्रेसले निर्वाचन समिति गठन गरेको छ ।

प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

समितिको सदस्यमा उपसभापति जनकराज चौधरी, सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवालाई राखिएको छ । उक्त निर्वाचन समितिले अब संसदीय दलको नेता सर्वसम्मत चयन हुन नसकेमा मतदानको प्रक्रिया अघि बढाउनेछ ।

कांग्रेस संसदीय दलको नेताका विषयमा छलफल गर्न मंगलबार कांग्रेस सुदूरपश्चिमको पदाधिकारी बैठक बसेको थियो । बैठकले दलको नेताका आकांक्षीहरूको धारणा सुन्दै सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो ।कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट, मानबहादुर रावल र प्रकाश देउवाले आकांक्षा राखेका छन् । उनीहरूबीच सहमतिको प्रयास जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Fair
5:39 am6:51 pm +0545
Feels like: 27°C
Wind: 8km/h N
Humidity: 31%
Pressure: 1005.08mbar
UV index: 0
2 am3 am4 am5 am6 am
25°C
25°C
24°C
23°C
24°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय