• Home
  • अर्थ
  • सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट
Image

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, ११ असोज

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको  छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट गरेको हो।

मंगलबार भएको बाँडफाँटमा १ लाख ५ हजार ८०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने आवेदन गर्ने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ।

कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरको लागि आवेदन परेको थियो। यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता सेयरको १६.२९ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको छ।

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni १ हप्ता अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *