• Home
  • प्रदेश नं २
  • सार्वजनिक स्थलमै सीडीओ महतो र एसपी तास खेलेको भिडियो सार्वजनिक, कारबाही गर्ने तयारी !
Image

सार्वजनिक स्थलमै सीडीओ महतो र एसपी तास खेलेको भिडियो सार्वजनिक, कारबाही गर्ने तयारी !

सर्लाही कार्तिक ३ गते सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखलगायत उच्च अधिकारी सार्वजनिक स्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको छ । जिल्लाको शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सीडीओ र एसपी आफैं तासमा मग्न भएको भीडियो सार्वजनिक भएको हो । जिल्लामा हुने सामान्य अपरा‘धिक घटनादेखि ज’घन्य अपरा’धसम्मका घटना नियन्त्रणमा सीडीओ र प्रहरी प्रमुखको सक्रियताको अपेक्षा आम मानिसमा हुन्छ । तर, सर्लाहीका सीडीओ रामकुमार महतो, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठसहितको टोली आफैं सार्वजनिक स्थलमै तासमा मस्त भएको भिडियो सार्वजनिक भएको हो । भिडियोमा उनीहरू पदीय पर्यादा भूलेर सार्वजनिक स्थानको कुनै चउरमा बसेर तासमा मस्त भएको देखिन्छ । एकातर्फ प्रहरीले नै दिनदिनै जुवातास खेल्ने मानिसलाई पक्राउ गर्दै सीडीओ कार्यालयले मुद्दा चलाउँदै आएको छ । जुवातासमा मुद्दा चलाउने अधिकार सिडीओ कार्यालयसँग हुन्छ । तर, सर्लाहीका सीडीओ महतो र एसपी राठौर आफैँ तासमा मस्त भएका छन् । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार, जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कै’दको व्यवस्था छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कै’द वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमनी पोखरेलले सार्वजनिक ठाउँमै तास खेलेको भिडियो भए कारबाही हुने बताए । ‘कानुन कार्यान्यन गर्ने निकायमा बसेर जुवातास खेल्ने हर्कत कुनै पनि हालतमा क्षम्य हुँदैन । भिडियो छ भने कारबाही हुन्छ । हामी कारबाही गर्छौं,’ पोखरेलले भने । – शिलापत्रबाट

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *