For Youtvnepal long gif
  • Home
  • प्रदेश नं २
  • सर्लाही : प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी एसपी सहित नेपाल प्रहरीका प्रहरी उपरीक्षक कारबाहीमा परे
Image

सर्लाही : प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी एसपी सहित नेपाल प्रहरीका प्रहरी उपरीक्षक कारबाहीमा परे

जनकपुरधाम : सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो,सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ सहित नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर कारबाहीमा परेका छन् ।

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ ।

सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएका छन् । श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ६ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ६ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *