समुदायिक बिधालयका छात्र छात्राहरुलाई स्टेशनरी समाग्री तथा ब्याग बितरण 


फाल्गुन ९ गते पर्सा । बिरगंज महानगरपालिका १५ न.वडा कार्यालयको सहयोग र यु.डि.बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजनामा वडा भित्रका समुदायिक बिधालयका छात्र छात्राहरुलाई स्टेशनरी समाग्री तथा ब्याग बितरण भएको छ । १५ न. वडा स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय ,भिष्वा बिरगंज स्थित समुदायिक स्कुलका १०४ बिधालयका बिधार्थीहरुलाई स्कुल अध्ययन गर्न सहज तथा निरन्तरता दिने उद्देश्यले प्रोत्साहन वा उपहार स्वरुप यस्ता किसिमका अन्य कार्यक्रम पुर्वाधार बिकाश निर्माणका कार्यहरुलाई जोड्दै शिक्षा क्षेत्रलाई मजबुत बनाउदै जाने वडा अध्यक्षले आफ्नो मन्तब्य राख्नुभएको थियो ।
बितरण कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष गजेन्द्र पटेल तथा कार्यबाहक वडा अध्यक्ष छोटेलाल साहको संयुत्त आतिथ्यमा वडा सदस्य मनोजा चौधरी,जय प्रकाश सिंह राजपुत,स्कुलका प्रध्यापक बिरेन्द्र प्रसाद यादव,वडा अधिकृत भोगेन्द्र चापागाइ ,शिक्षक रिता सिंह,सुरेश प्रसाद,टिका खडगा,सरस्वती श्रेष्ठ, भोपेन्द्र पाण्डे,सहयोगी श्यामबिनय प्रसाद चौधरी,राजन साह लगायत स्कुलका सहभागी बिधार्थीहरुको उपस्थिती रहेको थियो।
वडाका बिपन्न दलित पिछिडिएका लगायत अन्य वर्गका छात्र छात्राहरुलाइ बिधालय आउन प्रोत्साहन स्वरुप स्टेशनरी समाग्री कपी ,पेन्सिल,बिस्कुट ,स्कुल ब्याग सम्पुर्ण सह्भागीहरुलाइ बितरण गरिएको हो।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *