समुदायिक बिधालयका छात्र छात्राहरुलाई स्टेशनरी समाग्री तथा ब्याग बितरण 


फाल्गुन ९ गते पर्सा । बिरगंज महानगरपालिका १५ न.वडा कार्यालयको सहयोग र यु.डि.बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजनामा वडा भित्रका समुदायिक बिधालयका छात्र छात्राहरुलाई स्टेशनरी समाग्री तथा ब्याग बितरण भएको छ । १५ न. वडा स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय ,भिष्वा बिरगंज स्थित समुदायिक स्कुलका १०४ बिधालयका बिधार्थीहरुलाई स्कुल अध्ययन गर्न सहज तथा निरन्तरता दिने उद्देश्यले प्रोत्साहन वा उपहार स्वरुप यस्ता किसिमका अन्य कार्यक्रम पुर्वाधार बिकाश निर्माणका कार्यहरुलाई जोड्दै शिक्षा क्षेत्रलाई मजबुत बनाउदै जाने वडा अध्यक्षले आफ्नो मन्तब्य राख्नुभएको थियो ।
बितरण कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष गजेन्द्र पटेल तथा कार्यबाहक वडा अध्यक्ष छोटेलाल साहको संयुत्त आतिथ्यमा वडा सदस्य मनोजा चौधरी,जय प्रकाश सिंह राजपुत,स्कुलका प्रध्यापक बिरेन्द्र प्रसाद यादव,वडा अधिकृत भोगेन्द्र चापागाइ ,शिक्षक रिता सिंह,सुरेश प्रसाद,टिका खडगा,सरस्वती श्रेष्ठ, भोपेन्द्र पाण्डे,सहयोगी श्यामबिनय प्रसाद चौधरी,राजन साह लगायत स्कुलका सहभागी बिधार्थीहरुको उपस्थिती रहेको थियो।
वडाका बिपन्न दलित पिछिडिएका लगायत अन्य वर्गका छात्र छात्राहरुलाइ बिधालय आउन प्रोत्साहन स्वरुप स्टेशनरी समाग्री कपी ,पेन्सिल,बिस्कुट ,स्कुल ब्याग सम्पुर्ण सह्भागीहरुलाइ बितरण गरिएको हो।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni २ हप्ता अगाडि

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

चितवन, २८ असाेज । प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित चितवनकाे भरतपुर महानगरपालिका-२९, जुगेडीबाट ट्रक र चालकलाई नियन्त्रणमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *