Trending

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

750Views
0 Shares

 

काठमाडौं । असार १९ गते
सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिवार साँझ भेटवार्ता भएको सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए ।

भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहेको चर्चा गर्दै दुबै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्र संघको आदर्शमा प्रतिवद्ध रहेको बताए ।

सभामुख सापकोटाले मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदारहरूको स्रोत देशको रूपमा मान्यता दिएर ठूलो संख्याका नेपाली कामदारलाई रोजगारी दिएकोमा धन्यवाद दिए । उनले मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै दुई देशबीच पर्यटन प्रवद्र्धनको सम्भावनामा जोड दिए । मार्च २००३ देखि सुरु भएको दुई देशका राजधानीबीचको सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उनको भनाई थियो ।

भेटमा मलेसियाका उपसभामुख मोहमद रसिद हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधि टोलीसँगको भेटप्रति खुसी व्यक्त गरे । सो भेटमा नेपाली प्रतिनिधि टोलीका सदस्यहरू पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय